एक नम्बर प्रदेशमा पनि कांग्रेस एक नम्बरमै
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १९:५०:४५
३ जेठ, विराटनगर । प्रदेश एकका मोरङ बाहेक सबै जिल्लामा एमाले भन्दा निकै कम्जोर रहेको नेपाली कांग्रेसले यस पटकको स्थानीय तह निर्वाचनमा अगाडी देखिएको छ । प्रदेशका पहाडी जिल्लाहरुमा कांग्रेसको उपस्थिति कम्जोर देखिँदै आएको थियो ।
प्रदेश नम्बर १ का १४ जिल्लाका स्थानीय तहमा हालसम्म भएको मतगणनाका क्रममा नेपाली काँग्रेसले सबैभन्दा धेरै जित निकालेको छ । अग्रता हासिल गरेका स्थानीय तहमा पनि पहिलो स्थानमा कांग्रेसनै रहेको छ । मंगलबार मध्यान्हसम्ममा काँग्रेसले प्रदेश १ का ३२ स्थानीय तहमा जित हासिल गरेको छ भने ३२ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
यो पटक नेकपा एमालेले दोस्रो स्थानमा झरेको छ भने उसले १६ स्थानीय तह जितेको छ । २८ स्थानीय तहमा एमालेले अग्रता लिएको छ । विराटनगर महानगर र इटहरीमा पनि एमाले पछाडी छ ।
माओवादी केन्द्रले ८ स्थानीय तह जितेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जितेको छ भने २ वटामा अग्र स्थानमा रहेको छ । जनता समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ ।
१ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानीय तहमा अग्रता हासिल गरिरहेको छ ।
झापामा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ७ स्थानीय तहमा अग्रता लिएको छ । २ स्थानीय तहमा राप्रपाले अग्रता लिएको छ ।
संखुवासभामा ५ स्थानीय तहमा काँग्रेसले जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ २ स्थानीय तहमा अग्रता लिएको छ । तेह्रथुममा काँग्रेसले ३ स्थानीय तह जित्दा एमालेले पनि ३ स्थानीय तह जितेको छ । भोजपुरमा ३ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने १ स्थानीय तहमा जितेको छ । यस्तै एमालेले २ स्थानीय तह र माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।
धनकुटामा ३ स्थानीय तहमा काँग्रेसले जितेको छ भने २ वटामा अग्रता लिएको छ । यस्तै एमालेले एउटा पालिका जितेको छ भने एउटामा अग्रता लिएको छ । मोरङमा काँग्रेसले १ स्थानीय तह जितेको छ भने ५ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १० स्थानीय तहमा अग्रता लिइरहेको छ ।
उदयपुरमा काँग्रेसले १ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले ३ स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले ३ स्थानीय तह जितेको छ भने नेकपा एकीकृत समाजवादीले १ स्थानीय तह जितेको छ । ताप्लेजुङमा ४ स्थानीय तह काँग्रेसले जितेको छ । एमालेले ३ स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।
पाँचथरमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने ३ मा अग्रता लिएको छ । माओवादी केन्द्रले १ स्थानीय तहमा अग्रता लिएको छ । इलाममा २ स्थानीय तह काँग्रेसले जितेको छ भने ३ तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने २ मा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा अग्रता लिएको छ ।
ओखलढुङ्गामा २ स्थानीय तह काँग्रेसले जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्र,जनता समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानीय तह जितेका छन् ।
खोटाङमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने २ वटामा अग्रता लिइरहेको छ । एमाले र माओवादी केन्द्रले दुई दुई स्थानीय तह जितेका छन् । सोलुखुम्बुमा काँग्रेसले ३ स्थानीय तह जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ भने एउटामा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले १ स्थानीय तह जितेको छ ।
सुनसरीमा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ५ स्थानीय तहमा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले एक स्थानीय तहमा अग्रता लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार