डडेल्धुराको ६ मध्ये चारवटामा कांग्रेस विजयी
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २०:५८:४३
३ जेठ, डडेल्धुरा । डडेल्धुराका सातवटा स्थानीयतहमध्ये छ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । यी छमध्ये चारवटामा कांग्रेस विजयी भएको छ भने दुई मा नेकपा ‘माओवादी केन्द्र’ विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका–१० वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् ।
प्रमुखमा जोशीले तीन हजार ६१९ र उपप्रमुखमा झुकालले तीन हजार ६७८ मत ल्याई विजयी हुनुभएको हो । अमरगढीमा नौ हजार ७९२ मत खसेको थियो ।
त्यसैगरी जिल्लाको भागेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसकै हेमराज चटौत र पुष्पा ठकुराठी क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी भएका हुन् । भागेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मतल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ उम्मेदवार रामबहादुर शाहीलाई एक हजार २३३ मतान्तरले पराजित गरेका हुन् ।
पराजित रामबहादुर शाहीले एक हजार ७८ मत ल्याएका छन् भने उपाध्यक्षमा पुष्पा ठकुराठीले दुई हजार ३४८ मतल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका गीता भट्टले ८३२ मत ल्याएका छन् । भागेश्वरमा कांग्रेसले चार वडासहित पालिकामा छ ।
त्यसैगरी गन्यापधुरा गाउपालिकामा पनि चार वडासहित अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका इन्द्र कार्की र ज्ञानु सेठी विजयी भएका छन् । नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले दुई वडासहित अध्यक्ष उपाध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र निर्मला विष्ट बोगटीले जित हासिल गरेका छन् ।
अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रसाद भट्ट विजयी भएका छन्। भट्ट दोस्रो कार्याकालका लागि पुनः विजयी भएका हुन् । अजयमेरु गाउँपालिकाका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का उम्मेदवार उमेशप्रसाद भट्ट दुई हजार ४६९ मत ल्याई विजयी भएका हुन् । उपाध्यक्षमा भने कांग्रेसका उमेदवार वसन्ती पालले दुई हजार ५६५ मतल्याई विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार