११ पालिका मध्ये ९ को नजिता सार्वजनिक: स्याङ्जाका नगरमा कांग्रेस, गाउँपालिकामा एमाले
नेपालबहस संवाददाता
जेठ ३, २०७९ बुधबार १:२८:२७
♦प्रकाश डोटेल
३ जेठ, स्याङ्जा । स्याङ्जाका ११ स्थानीय तहमा ५ नगरपालिका र ६ गाउँपालिका मध्ये हालसम्म नतिजा प्राप्त भएका ३ नगरपालिका र १ गाउँपालिकामा नेपाली कांग्रेस र ५ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २ नगरपालिकाको नजिता आउन बाँकी रहेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा जिल्ला सदरमुकामको पुतलीबजारसहित २ नगरपालिका र ५ गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्न सफल एमाले यसपटक ५ गाउँपालिकामा सीमित भएको छ । अघिल्लो निर्वाचनमा प्रचण्ड बहुमतसहित पालिकाको नेतृत्व हात पारेको एमाले यसपल्ट झिनो मतान्तरले मात्र विजयी भएको हो ।
जिल्लाको सदरमुकाम पुतलीबजार नगरपालिकामा पहिलोपटक नेपाली कांग्रेस विजयी भएको छ । २०५४ सालमा स्थापना यता पुतलीबजारमा एकछत्र राज गर्दै आएको नेकपा एमालेको गढ मानिएको नगरमा यसपालि कांग्रेस विजयी भएको हो ।
नगर प्रमुखमा काँग्रेसका तुलसी रेग्मी र उपमेयरमा देवी अर्याल विजयी भएकी हुन् । रेग्मीले १२ हजार ५ सय १५ मत पाउँदा नेकपा एमालेबाट उम्मेदवार रहेकी सीमा कुमारी क्षेत्रीले १० हजार ९ सय मत प्राप्त गर्दै पराजित भएकी छन् । रेग्मी काँग्रेस स्याङ्जा क्षेत्र न.. १ का क्षेत्रीय सभापति समेत हुन् ।
यस्तै उपमेयरमा अर्यालले ११ हजार ७ सय ४८ मत पाउँदा एमालेका महेश पुरीले १० हजार ७ सय ६१ मत पाए । रेग्मी २ हजार ४ सय २५ मतान्तरले विजयी हुँदा अर्याल ९८७ मतान्तरले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा क्षेत्री रेग्मीलाई पराजीत गर्दै प्रमुखमा निर्वाचित भएकी थिईन् भने उपमेयरमा पुरीले कांग्रेसकी हिरादेवी शर्मालाई पराजित गरेका थिए । गत निर्वाचनमा १४ वडामध्ये ४ वडामा मात्र कांग्रेस विजयी भएको थियो । यसपटक वडामा समेत कांग्रेसले आफ्नो वर्चस्व कायम गर्दै १४ वडामध्ये ९ वडामा विजयी हुँदा एमाले ५ वडामा खुम्चिएको छ ।
त्यसैगरी भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्यले ६ हजार ५०४ मत प्राप्त गर्दै विजयी भएका छन् । कर्माचार्यसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार विश्वनाथ अर्यालले ५ हजार ६ सय ६९ मत प्राप्त गर्दै पराजित भए ।
नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी भएकी छन् । अर्यालले ७ हजार १७९ मत प्राप्त गर्दा एमालेकी सरस्वती अधिकारीले ४ हजार ८९८ मत प्राप्त गरेकी थिईन् ।
नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडाका अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ । नगरको ४७ सिटमध्ये वडा नं ६ को वडा अध्यक्षबाहेक सम्पूर्ण सीटमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
त्यसै गल्याङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई विजयी भएका छन् । भट्टराईले नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका सूर्यप्रसाद गैह्र ‘पारस’ लाई पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले ९ हजार ६२१ मत प्राप्त गर्दा गैह्रेले ८ हजार ९२२ मत प्राप्त गरेका थिए ।
नगरपालिकाको उपप्रमुख काँग्रेसकै हेमा न्यौपाने विजयी भएकी छन् । उनले ९ हजार ११८ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार देवी थापाले ९ हजार ५५ मत प्राप्त गरिन् । नगरका वडा नं १, ३, ४, ६, ९ र १० गरी ६ वटा वडामा काँग्रेसका उम्मेदवार विजयी हुँदा वडा नं २, ७, ५, ८ र ११ मा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी छन् ।
जिल्लाका ६ गाउँपालिकामध्ये अर्जुनचौपारीमा मात्र जित हात पारेको काँग्रेसका तर्फबाट प्रकाश तिवारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी चिनमाया गुरुङ्लाई पराजित गरेका हुन् ।
गाउँपालिकाका अध्यक्षमा विजयी तिवारीले ५ हजार २९१ मत प्राप्त गर्दा एमालेकी गुरुङ्ले ४ हजार ८ सय २७ मत प्राप्त गर्दै पराजित बन्न पुगिन् । गाउँपालिकाको उपाध्यक्षमा समेत काँग्रेसले जित हात पारेको छ । काँग्रेसकी सपना गुरुङ्ले ३३ सय ४७ मत प्राप्त गर्दा एमालेका टंकप्रसाद खनालले ३७ सय ६७ मत प्राप्त गर्दै पराजित भएका छन् ।
अघिल्लो निर्वाचन समेत हित हात पारेको नेकपा एमालेका तर्फबाट फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित सुवेदीले ३ हजार ८ सय ३६ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार बरालले ३ हजार ७०४ मत प्राप्त गरेका छन् । गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ्ले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १५ सय ९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी भएकी हुन् ।
एमालेकी देउकुमारी गुरुङले ३ हजार ९ सय ७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३ सय ७९ मत प्राप्त गरे ।
पाँचवटा वडा रहेको गाउँपालिकामा १, ३, ४ र ५ गरी चारवटा वडामा काँग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं २ मा एमालेका अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।
त्यसैगरी आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका विश्वनाथ पौडेल नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । पौडेलले ५ हजार १७७ मत प्राप्त गर्दा काँग्रेसका प्रेमराज पौडेलले ४ हजार ३५१ मत प्राप्त गरे ।
गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै सिता थापा ५ हजार २७३ मत प्राप्त गर्दै विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रामचन्द्र पौडेल ३ हजार ८१७ मत प्राप्त गर्दै पराजित भए ।
त्यस्तै बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । एमालेका सूर्यबहादुर कुँवर अध्यक्षमा विजयी भएका हुन् । उनले ४ हजार ८ सय ७२ मत गर्दा नेपाली कांग्रेसका उमेदवार डोलराज पोखरेल ४७ सय ४६ मत प्राप्त गर्दै पराजित भए ।
उपाध्यक्षतर्फ एमालेकी उम्मेदवार भगवती शर्मा ४९ सय ३७ मत ल्याउँदै निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका थमबहादुर गुरुङले ३ हजार ६ सय ७६ मत प्राप्त गरे ।
त्यसैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा ६ हजार ७ सय मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गर्दै पराजित भएकी छन् ।
उपाध्यक्षमा एमालेकी सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवार बमबहादुर लामिछानेले ४ हजार ३३० मत प्राप्त गरेका छन् ।
उता हरिनास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जित हात पारेको छ । अघिल्लो निर्वाचनमा जित हासिल गरेका एमालेका उम्मेदवारहरु यसपटक पनि विजयी भएका छन् । मतगणना जारी रहेको वालिङ र चापाकोट नगरपालिकाको नजिता सार्वजनिक हुन केहि समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त
पुष २९, २०८१ सोमबार
‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
डोटेली पहिरनमा सजिएर नृत्य प्रस्तुत गर्दै महिला
पुष २९, २०८१ सोमबार
नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी प्रमाणपत्र पायो
पुष २९, २०८१ सोमबार