पर्साको जगरनाथपुरमा हस्तारक्षर नरहेको मतपत्र भेटिएपछि मतगणना स्थगित
नेपालबहस संवाददाता
जेठ ३, २०७९ बुधबार ४:२७:३०
३ जेठ, वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतगणना गर्ने क्रममा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्रहरु फेला परेपछि नेपाली कांग्रेस बाहेकका अन्य दलहरुले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।
जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ३ को मतगणना गर्ने क्रममा मतदान अधिकृतले हस्ताक्षर नै नगरेको केही मतपत्र फेला परेपछि निर्वाचन आयोगको कानूनमा व्यावस्था भए अनुसार नै हुने सहमतिमा मतगणना अगाडि बढेपनि दिउँसो चारबजेतिर नेपाली कांग्रेस बाहेकका राजनीतिक दलहरुले विरोध गरेपछि मतगणना रोकिएको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।
उनले भने, “वडा नम्बर ३ को मतगणना हुदै गर्दा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको केही मतपत्र भेटियो । मतगणना स्थलमा रहेका उम्मेदवारका प्रतिनिधि सहित सर्वपक्षीय बैठकमा पनि निर्वाचन आयोगको नियामावली अनुसार मतपत्र मान्य नहुने व्यावस्था छदै छ । गणना जारी राखौं भन्ने सहमति भयो । तर, एक्कासी आएर नेपाली कांग्रेस बाहेकका दलहरुले विरोध जनाएपछि मतदान रोकेका छौं ।”
मतपत्र भेटिएको सन्दर्भमा निर्वाचन आयोगमा लेखि पठाएको र आयोगको निर्देशन आएपछि सोही अनुसार गर्ने पनि निर्वाचन अधिकृत शर्माले बताए । मतगणना रोक्नका लागि नेपाली कांग्रेस बाहेकका सबै राजनीतिक दलहरुले हस्ताक्षर गरेर निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार