तनहुँका सात पालिका र ५२ वडाको मतपरिणाम सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १५:३५:४७
४ जेठ, दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबारसम्म तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले)ले चार, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक पालिका जितेका छन् । त्यस्तै मतपरिणाम सार्वजनिक भएका ५२ वडामध्ये एमालेले २२, कांग्रेसले २४ र माओवादीले छ वडामा जित हासिल गरेका छन् ।
शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मतगणना जारी छ । व्यास नगरपालिकाको भने आज दुईवटा मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै मतगणना गर्ने तयारी छ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।
नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष र बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा देवघाट गाउँपालिकाको उपाध्यक्ष जितेको छ । घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी भएका छन् ।
देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका छन् । त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी भएका छन् । आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल र देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी भएका छन् । ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भएका छन् । एमालेले म्याग्दे–१, म्याग्दे–३, म्याग्दे–७, बन्दीपुर–१, बन्दीपुर–४, बन्दीपुर–६, घिरिङ–२, घिरिङ–३, घिरिङ–४, देवघाट–१, देवघाट–४, भिमाद–२, भिमाद–३ मा, भिमाद–७, भिमाद–८, भिमाद–९, भानु–२, शुक्लागण्डकी–५, शुक्लागण्डकी–६, शुक्लागण्डकी–८ र आँबुखैरेनी–६ को वडाध्यक्ष जितेको छ ।
कांग्रेसले भिमाद–१, भिमाद–४, भिमाद–६, म्याग्दे–२, म्याग्दे–४, म्याग्दे–५, म्याग्दे–६, ऋषिङ–२, ऋषिङ–३, ऋषिङ–४, ऋषिङ–५, ऋषिङ–६, घिरिङ–१, शुक्लागण्डकी–१, शुक्लागण्डकी–२, शुक्लागण्डकी–३, शुक्लागण्डकी–४, देवघाट–२, देवघाट–५, आँबुखैरेनी–३, आँबुखैरेनी–४, भानु–१, भानु–१२ र बन्दीपुर–३ को वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले आँबु–१, आँबुखैरेनी–२, ऋषिङ–१, बन्दीपुर–२, बन्दीपुर–५ र आँबुखैरेनी–५ को वडाध्यक्ष जितेको छ । स्वतन्त्र उम्मेदवारले भानु–१३, ऋषिङ–७ र ऋषिङ–८ को वडाध्यक्ष जितेको छ ।
दोहोरिन खोज्दा चार पराजित
विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट विजय भएर पुनः दोहोरिन खोज्ने तीन पालिकाका प्रमुख यसपटक पराजित भएका छन् । एमालेबाट देवघाटको अध्यक्षमा दोहोरिनुभएका दुर्गाबहादुर थापा यसपटक पराजित भएका हुन्।
काङ्ग्रेसबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका गिरबहादुर थापा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दोहोएका मायादेवी राना यसपटक पराजित भए । यस्तै बन्दीपुर गाउँपालिकाको अध्यक्षमा दोहोएका पूर्णसिं थापा र उपाध्यक्ष करुणा गुरुङ झिनो मतान्तरले पराजित भएका छन् ।
कांग्रेसबाट म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा दोहारिनुभएका बालकृष्ण घिमिरे भने यसपटक पनि विजयी भएका छन् । यसपटकको स्थानीय तह निर्वाचनमा फरक नतिजा आएको छ । गत निर्वाचनमा एउटा पार्टीले जितेका ठाउँमा अहिले अर्को पार्टीले जितेको छ ।
व्यास–८ रिस्तीमा आज पुनः मतदान
तनहुँको व्यास नगरपालिका–८ स्थित रिस्तीमा आज पुनः मतदान हुने भएको छ । पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले रद्द गरेको मतदान हुन लागेको हो ।
पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उनका अनुसार गाविस भवन फेदी मतदान (क) र (ख) मा मतदान अधिकृत नियुक्त गरेर परिचालन गरिसकिएको छ । ९क० मतदान केन्द्रमा सात सय ५६ र (ख) मतदान केन्द्रमा आठ सय २० मतदाता रहेका छन् ।
पुनः मतदान कार्यलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्था चुस्त बनाइएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । बिहान ७ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । उक्त मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमतिप्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।
देवघाटका नवनिर्वाचित अध्यक्षद्वारा शपथग्रहण
देवघाट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तिलबहादुर थापाले शपथग्रहण गरेका छन् । कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित थापाले मंगलबार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानासमक्ष शपथग्रहण गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नवनिर्वाचित अध्यक्ष थापालाई शपथग्रहण गराइएको थियो । जिल्लाका पालिका प्रमुखलाई न्यायाधीशले शपथग्रहण गराउने र पालिकाका अन्य जनप्रतिनिधिलाई सम्बन्धित पालिकाको प्रमुखले शपथग्रहण गराउने व्यवस्था रहेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट थापाले एमालेका दुर्गबहादुर थापालाई पराजित गरेका थिए । यसैबीच आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडाध्यक्षलगायत सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार