परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १६:१२:३०
४ जेठ,डडेलधुरा । परशुराम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन् । मंगलबार सकिएको गणनामा जोशी पाँच हजार ९४१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह माल डायमण्डले पाँच हजार ८०५ मत ल्याए । डायमण्ड विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५४५ मतले पराजित भएका थिए । एमालेबाट प्रमुखका उम्मेदवार केशव बोहराले दुई हजार ६०६ मतमात्रै प्राप्त गरेका छन् ।
नगर उपप्रमुखमा माओवादीका विमला महताले पाँच हजार ८८५ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कलावती बोहराले चार हजार ५९३ मत ल्याए। बाह्र वडा रहेको नगरपालिकामा वडा नं १, ४, ५, ७, ९, १० र १२ गरी ७ वडामा माओवादी केन्द्रले पहिलो स्थानमा छ । वडा नं २, ३, ६, ८ र ११ गरी पाँच वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार