वीरगञ्ज वडा नम्बर-४ मा नेपाली कांग्रेसका जगत साह कानु विजयी
आबिद हुसेन
जेठ ४, २०७९ बुधबार १६:३५:२९
३ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा जगत प्रसाद साह कानु दोहोरिएका छन् । मंगलबार अवेर राती सम्पन्न वडा नम्बर ४ को मतगणनाको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेसका उम्मेदवार कानु वडा अध्यक्षकमा दोहिरिएका हुन् । वडाको अन्य पदमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् ।
आफ्नो निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका सुदिप कुमार तामाङ्ग लामालाई ८ सय ४८ मतको फराकिलो अन्तरले पराजित गर्दै कानु दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएको वीरगञ्जका लागि प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए
।
कानुले १ हजार ७७ मत प्राप्त गरेका छन् भने लामा २ सय २९ मत प्राप्त गर्दै दोस्रो भएका छन् । नेकपा एमालेका उम्मेदवार सुमन श्रेष्ठ २ सय ६ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।
कानु निर्वाचित भएसँगै वीरगञ्जमा नेपाली कांग्रेसले दोस्रो जित हात पारेको छ । यसअघि वडा नम्बर २ को वडा अध्यक्षमा कांग्रेसका महम्मद रेयाज मियाँ तेली आफ्नो प्यानलसहित विजयी भएका छन् ।
कानु निर्वाचित भएसँगै वीरगञ्जमा नेपाली कांग्रेसले दोस्रो जित हात पारेको छ । यसअघि वडा नम्बर २ को वडा अध्यक्षमा कांग्रेसका महम्मद रेयाज मियाँ तेली आफ्नो प्यानलसहित विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कानु ६ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
शनिबार दिउँसोदेखि सुरु भएको वीरगञ्ज महानगरपालिकाको मतगणनामा मंगलबार रातीसम्म ६ वटा वडाको अन्तिम मतपरिणाम आइसकेको छ । जसमध्ये ३ वटामा जसपा, २ वटा कांग्रेस र एउटामा नेकपा एमालेका उम्मेद्वारीले विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृत पौडेलले जनाएका छन् । हाल वीरगञ्जको वडा नम्बर ३, ५, ६, २८ र २९ को मतगणना चलिरहेको पौडेलले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार