आत्मनिर्भर अर्थतन्त्रबारे अलमलिएका अर्थमन्त्रीको बजेटमा चुनावलाई प्राथमिकता
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १७:२०:४१
४ जेठ, काठमाडौं । संघीय संसदमा बजेटका सिदान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिदान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष चुनावी वर्ष भएको भन्दै बजेट उतै केन्द्रित हुने संकेत दिइसकेका छन् ।
बजेट निर्माणको कोर टिमले कुन रुपले विषयबस्तुहरुलाई समावेश गरेको छ त्यसका आधारहरु अहिले आएका छैनन् । तर, सरसर्ती बजेटमा अर्थमन्त्रीका योजनाहरुलाई हेर्दा धेरै ठाउँमा उनी अलमलिएका छन् । बजेटका विषय र विनियोजन दक्षतामा अर्थमन्त्रीको योग्यत खुम्चिएको छ ।
निश्चित रुपमा यो वर्ष चुनावी वर्ष भएकोले पनि सरकारको खर्च गर्ने क्षमतामा ह्रास नै आउँछ । खर्च गर्न सम्भव नभएको, खर्च नहुने आयोजनामा बजेट राख्ने र आर्थिक वर्षको अन्तिम चौमासिकमा रकमान्तर गर्ने प्रवृत्तिकै वरिपरी अर्थमन्त्री रुपलिएका छन् ।
आगामी बजेटमा आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य आयोजनामा मात्र बजेट राख्ने र अनुत्पादक खर्च कटौती गर्ने सोच अर्थमन्त्रीमा देखिन्छ । चुनावी फाइदाका लागि चालु खर्चलाई कटौती गरी त्यसको केही भाग जनता रिझाउने वा झुक्याउने पक्षमा शर्मा केन्द्रित भएको प्रष्टै देखिन्छ । किन भने संघीय संसद र प्रदेशको निर्वाचन आगामी आर्थिक वर्षमा सम्पन्न हुँदैछ ।
तत्काल अर्थतन्त्रमा देखिएका मुख्य चुनौतीका रूपमा रहेको राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनशील क्षेत्र र पुँजी निर्माणमा मात्रै खर्चने रकम हो । विद्यमान कर प्रणालीमा सुधार गरी कुल राजस्वमा आन्तरिक राजस्वको योगदान बढाउने, करको दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण र राजस्व प्रणालीमा थप सुधार गरी कर प्रणालीलाई दिगो बनाइनु अहिलेको आवश्यकता पनि हो ।
बढ्दो भार व्यवस्थापनका कारण सामाजिक सुरक्षाको भत्ताको सवालमा अर्थमन्त्री खस्किएको अनुमान विज्ञहरुले गरिरहेका छन् । अर्को तर्फ ठूला सडक, उर्जा तथा विमानस्थल आयोजनाले आगामी आर्थिक वर्षमा समेत स्रोतको कमीलाई कसरी पूर्ति गर्ने भन्ने विषय पनि अन्योलमै छन् ।
जेठ १५ गते संसदमा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि १५ दिन अगावै संसदमा बजेटका सिद्धान्त र प्राथमिकता छलफल गरिसक्नुपर्ने हुन्छ । तर, यसवर्ष स्थानीय तह निर्वाचनका कारण छलफलमा ढिलाइ भएको छ । शर्माले आन्तरिक उत्पादन बढाएर व्यापार घाटा कम गर्ने र स्वदेशमै उत्पादनको संभावना रहेका खाद्यान्न, तरकारी, फलफूललगायत अत्यावश्यक वस्तुको आयात रोक्ने गरी बजेटमा व्यवस्था त गरेका छन् तर, त्यसको दिर्घकालिन प्रभावमा ध्यान गएको छैन् ।
उनले बजेटमा राखेका कार्यक्रमलाई सरसर्ती हेर्दा आगामी बजेट तथा कार्यक्रममार्फत आयातलाई क्रमशः घटाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा निर्यात प्रबद्र्धन गर्नु अपरिहार्य रहेको देखाए पनि हाम्रो स्रोत व्यवस्थापन कठिन छ । सुरुदेखिनै राष्ट्रिय योजना आयोगको सिलिङअनुसार अर्थ मन्त्रालयले १७ खर्ब ४५ अर्बको बजेट तयारी भइरहँदा झण्डै ५ खर्बले घाटाको बजेट आउने देखिन्छ ।
अर्थममन्त्री शर्माले आउँदो बजेटमा कृषिमा उच्च प्राथमिकता, निजी क्षेत्रको प्रबद्र्धनमा औद्योगिक विकास, पूर्वाधार, ऊर्जा, स्वास्थ्य, शिक्षा जस्ता सामाजिक क्षेत्रमा प्राथमिकता दिने भनेका छन् । वित्तीय अनुशासन कायम गर्ने, आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य देखिएका आयोजनामा मात्र बजेट राख्ने योजना उनको छ । अनुत्पादक क्षेत्रमा सरकारी खर्च कटौती गरी मितव्ययिता अपनाउने योजनामा प्रभावकारिता देखिँदैन् ।
अर्थमन्त्री शर्माले सार्वजनिक ऋण तथा वित्तीयघाटा र मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने गरी समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने विषयमा धेरै ध्यान पुर्याएको देखिँदैन् । समाजवाद उन्मुख अर्थतन्त्र अबलम्बन गर्दै विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य भनाई र गराइकाबीच ठूलै अन्तर देखिँदै आएको हो ।
पूर्वाधार निर्माण तथा सामाजिक क्षेत्रमा लगानी बढाउँदा दुर्गम क्षेत्रमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यसंस्था, साना सिँचाइलगायतका आधारभूत पूर्वाधारमा स्रोत परिचालन सहज छैन् । बजेटमार्फत करको दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण र राजस्व प्रणालीमा सुधार गरी कर प्रणालीलाई दिगो कार्यन्वयन चुनौतिकै विषय छन् ।
पुँजी निर्माणमा निजी क्षेत्रमा प्रतिकूल प्रभाव नपर्ने गरी आन्तरिक ऋण परिचालन गर्न सहज छैन् भने वैदेशिक सहायतालाई उनले बजेटको प्राथमिकतामा राखेर पुँजी निर्माणका क्षेत्रमा परिचालन गर्ने भनेका छन् । यसैबाट राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाको निर्माण समयभित्र सम्पन्न गर्ने लक्ष्य अर्थमन्त्री शर्माको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार