पर्साको धोविनी गाउँपालिमा अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी
आबिद हुसेन
जेठ ४, २०७९ बुधबार १७:३४:३
वीरगञ्ज, ४ जेठ । पर्साको धोविनी गाउँपालिकाबाट जनता समाजवादी पार्टी नेपालले आफ्नो खाता खोलेको छ । गाउँपालिका अध्यक्षमा जसपाका मदन प्रसाद चौहान निर्वाचित भएसँगै आफ्नो खाता खोल्दै जिल्लामा पालिका जित्ने जसपा दोस्रो पार्टी बनेको छ ।
आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीलाई केवल २० मतको झिनो अन्तरले पराजित गर्दै चौहान अध्यक्षमा निर्वाचित भएका हुन् । चहुहानले ३ हजार ९१ मत ल्याउँदा कुर्मीले तीन हजार ७१ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने जसपा पराजित भएको छ । धोविनीको उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवलाई ५ सय ६६ मतले पराजित गर्दै मञ्जु देवी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । मञ्जुले ३ हजार १ सय ४३ मत पाउँदा प्रियंकाले २ हजार ५ सय ७७ मत पाएकी निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।
धोविनी गाउँपालिकामा अघिल्लो निर्वाचनमा भन्दा ठिक उल्टो परिणाम देखिएको छ । अधिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम नेपाल विजयी भएको थियो । त्यतीबेला अध्यक्षमा नेपाली कांग्रेसका सुरेशप्रसाद कुर्मी २ हजार १ सय ७६ मत ल्याउँदै फोरमकी सुशिला देवीलाई २ सय ८४ मतको अन्तरले पराजित गरेका थिए र उपाध्यक्षमा फोरमबाट पारसनाथ प्रसाद कुर्मी २ हजार ४ सय ५९ मत ल्याएर नेपाली कांग्रेसकी मञ्जु देवीलाई १ सय ७१ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका थिए । तर यस वर्ष नेपाली कांग्रेसले सुरेश प्रसादलाई र जसपाले पारशनाथलाई टिकट नै दिएन ।
गाउँपालिकाको अध्यक्षमा जितेपनि वडामा भने जसपा कमजोर देखिएको छ । ५ वटा वडा रहेको धोबिनी गाउँपालिकामा कांग्रेसले ३ र जसपाले २ वटा वडाको अध्यक्ष जित हासिल निर्वाचन अधिकृत दहालले बताए ।
धोविनीको वडा नम्बर १ मा कांग्रेसका बन्धु साह तेली ९५७४० मत, वडा नम्बर २ मा जसपाका देवेन्द्र प्रसाद कुर्मी ९८७५०, वडा नम्बर ३ मा पुनः नेपाली कांग्रेसका राजकिशोर प्रसाद कुर्मी ९५७०० मत, वडा नम्बर ४ मा कांग्रेसकै अबास मियाँ चुरिहार ९७१०० र वडा नम्बर ५ मा पुनः मनौवर अहमद ९८६०० मत ल्याएर निर्वाचित भएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार