सीके राउतको पार्टीले जित्यो कंकालिनी नगरपालिकाको मेयर
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १७:५०:२९
४ जेठ, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् । निवर्तमान मेयर शैलेशकुमार साहलाई पछाडि पार्दै माझी मेयर निर्वाचित भएका हुन् ।
माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २ सय ४६ मत प्राप्त गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए ।
राजपा र फोरम एक भई जसपा निर्माण भएको र फेरि लोसपा बनेपछि दुवै जनाले जसपा नै रोजेका थिए । जसपाले यसपटक साहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि माझी मनोनयनको एक दिन अगाडि मात्र जनमत पार्टीमा प्रवेश गरेका थिए ।
यस्तै, हनुमाननगर कंकालिनीको उपमेयरमा जसपाकी सरितादेवी सिपलिया यादव दोहोरिएकी छन् । ६ हजार ५ सय १२ मत प्राप्त गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९ सय ८२ मत प्राप्त गरिन् ।
१४ वटा वडा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको ७ वडामा जसपा, ४ वडामा माओवादी केन्द्र २ वडामा जनमत पार्टी र एउटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार