सोलुको सोलुदुधकुण्ड नगरपालिकामा कांग्रेसका शेर्पा र तामाङ विजयी
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २२:५१:४९
४ जेष्ठ, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा विजयी भएका छन् । उपमेयरमा कांग्रेसकै गान्धिमाया तामाङ निर्वाचित भएकी छन् । मेयरमा निर्वाचित शेर्पा सोलुखुम्बु कांग्रेसका सभापति समेत हुन् ।
शेर्पाले नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई ६ सय ७८ मतान्तरले पराजित गरेको हुन् । उनले ४ हजार ९ सय ६८ मत ल्याउँदा एमाले उम्मेदवार आङकाजीले ४ हजार २ सय ९० मत पाएका थिए । नेकपा माओबादी केन्द्रका उम्मेदवार निमातेण्डुप शेर्पाले १ हजार १ सय ८७ मत ल्याएका छन् ।
उपमेयरमा तामाङले ४ हजार ३ सय ८५ मत ल्याएर विजयी भएकी हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार मोहनकुमारी कार्कीले ४ हजार २ सय ७३ मत पाएकी छिन् ।
विजयी तामाङ कांग्रेसको महाधिबेशन प्रतिनिधि तथा १ नम्बर प्रदेश समिति सदस्य समेत हुन् । कुल ११ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडामा कांग्रेस, ४ वडामा नेकपा एमाले र १ वडामा माओबादी केन्द्रका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार