स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेसका खाँण र राना विजयी
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २३:२७:४६
४ जेठ, स्याङजा । स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण र उपमेयरमा इशा राना विजयी भएका छन् । नेकपा एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै खाँण विजयी भएका हुन् ।
खाँणले ७ हजार ४ सय ९० मत ल्याउदा एमालेका कोइरालाले ६ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि कांग्रेसकै राना विजयी भएकी छन् । एमाले उम्मेदवार सृष्टि मल्ललाई १ हजार १३ मतले पछाडि पार्दै विजयी भएकी हुन् । रानाले ७ हजार ४ सय १३ मत ल्याउँदा मल्लले ६ हजार ३ सय ७६ मत प्राप्त गरिन् ।
यसैगरी चापाकोट नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्ष पदमा एमालेका भुपराज वस्ती विजयी भएका छन् । त्यस्तै, २ नम्बर वडामा एमालेकै टीकाराम श्रेष्ठ, ३ मा कांग्रेसका जुटबहादुर राना, ४ मा कांग्रेसका अर्जुन खाँण, ५ मा कांग्रेसका बलनारायण श्रेष्ठ विजयी भएका छन् ।
यस्तै ६ मा कांग्रेसका तारा पोखरेल, ७ मा एमालेका मोहन केसी, ८ मा कांग्रेसका तोपलाल न्यौपाने, ९ मा एमालेका कृष्ण सुवेदी र १० मा एमालेकै रामु कोइराला विजयी भएको निर्वाचन सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार