फिदिमको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १३:३१:२९
५ जेठ ,पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।प्रमुखमा कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी भएका छन् । काफ्लेले नौ हजार ८५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पृथ्वी लावतीलाई ६०५ मतान्तरले पराजित गरेका हुन्।
लावतीले नौ हजार २८० मत प्राप्त गरेका छन् । प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २८८, जनता समाजवादी पार्टीका विष्णुकुमार लावतीले २७४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउकुमार नेम्वाङले ७७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका सनम तुम्बापोले २६ मत प्राप्त गरेका छन् । यस्तै नगर उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने नौ हजार ३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद थापा मगरले पाँच हजार ६४३ मत प्राप्त गरे ।
जनता समाजवादी पार्टीकी भावना सुब्बाले ५३५, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनिता केरुङले १९५ र नेकपा (माले)की पुण्यमाता घिमिरेले ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फिदिम नगरपालिकामा कांग्रेस र एमालेबाट समान चार/चार वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेले वडा नं १, २, ११ र १२, कांग्रेसले वडा नं ३, ५, ७ र ९, माओवादी केन्द्रले वडा नं ८, १३ र १४, राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं ४ र १० मा जित हासिल ग¥यो । वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार