वीरगञ्ज ६ मा लोसपाको पहिलो जित, २९ मा जसपाका चौधरी विजयी
आबिद हुसेन
जेठ ५, २०७९ बिहिबार १५:४६:५५
५ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ६ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र वडा नम्बर २९ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।
महानगरको मुख्य बजार क्षेत्र पर्ने वडा नम्बर ६ मा लोसपाकाबाट जय प्रकाश अग्रवाल ‘बाङ्गे’ विजयी भएका छन् भने वडा नम्बर २९ मा जसपाबाट दोस्रो कार्यकालका लागि धमेन्द्र महत्तो चौधरी निर्वाचित भएका छन् ।
कांग्रेसका पूर्व जिल्ला उपसभापति एवम् महाधिवेशन प्रतिनिधिसमेत रहेका दिना प्रसाद गुप्तालाइ ३ सय ९१ मतको अन्तरले हराउँदै लोसपाका अग्रवाल वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
बिहीबार बिहान सकिएको उक्त वडा नम्बर ६ को मतगणनाको अन्तिम परिणाम अनुसार लोसपाका उम्मेदवार अग्रवालले ९ सय ९४ मत पाउदा कांग्रेसका गुप्ताले भने ६ सय ३ मत मात्रै पाएका छन् । एमालेका ध्रुब लाठले ३ सय ५२ र जसपाकी रमितामाया गुप्ताले १ सय ९६ मत पाएकी छन् ।
यसअघि २०७४ को निर्वाचनमा वडा नम्बर ६ मा कांग्रेसका ध्रुब नेपाल वडाअध्यक्षमा विजयी भएका थिए । वडा नम्बर ६ कांग्रेसका पूर्व जिल्ला सभापति एवम् संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, नगरसभापति मणिन्द्रलाल नेपाली, पूर्व जिल्ला उपसभापति नरेन्द्र साह, नेता वीरेन्द्रलाल नेपाली लगायतका दिग्गज नेताहरुको गृह वडा हो ।
त्यस्तै बिहीबार बिहान सकिएको उक्त वडा नम्बर २९ मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार नबिजान अन्सारीलाइ ५१ मत अन्तरले पराजित गर्दै जसपाका चौधरी वडा अध्यक्षमा पुन निर्वाचित भएका छन् ।
चौधरीले १ हजार १ सय ११ मतल्याउँदा अन्सारीले भने १ हजार ६० मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका वकिल मियाले भने ९ सय ९८ मत प्राप्त गरेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार