धरान उपमहानगरमा केन्द्रको हस्तक्षेप, हस्ताक्षर नभएका मतपत्र रद्द गर्न निर्देशन
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १५:४९:२०
५ जेठ, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको विवादीत मतगणनामा निर्वाचन आयोगले केन्द्रबाटै हस्तक्षेप गरेको छ । आयोगले धरान उपमहानगरका मतदान अधिकृतलाई विभागिय कारवाही गर्दै हस्ताक्षर नभएका मतपत्र रद्ध गरी मतगणना कार्य अगाडी बढाउन निर्देशन दिएको छ ।
धरान उपमहानगरपालिकामा हस्ताक्षर नगरिएको मतपत्र भेटिएपछि त्यसलाई सदर मान्ने अथवा बदर गर्ने भन्ने विवादका कारण बुधबार दिउँसो २ बजेदेखि मतगणना नै स्थगित भएको थियो । आयोगले हस्ताक्षर नगरिएको मतपत्र बदर हुनेभन्दै त्यस्तो मतपत्र भेटिएका स्थानका मतदान अधिकारीलाई विभागीय कारबाही हुने निर्णय पनि गरेको जनाएको छ ।
आयोगको यो निर्णयपछि धरानमा मतगणनाको लागि अहिले सर्वदलीय बैठक बसिरहेको बताइएको छ । जारी मतगणनाका क्रममा वडा नम्बर २० का १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाउँदै मतगणना स्थल पब्लिक स्कुलमा तोडफोड गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
इजरायली चार बन्धक रिहाको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार