पोखरीया नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
आबिद हुसेन
जेठ ५, २०७९ बिहिबार १६:११:४०
५ जेठ, वीरगन्ज । पर्साको पोखरीया नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । पोखरीया नगरपालिकाको मेयरमा एमालेका प्रधुम्न चौहान विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान मेयर दिपनारायण रौनीयारलाई २४३३ मतको फराकिलो मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएका हुन् ।
चौहानले ५५५४ मत पाउदा कांग्रेसका उम्मेदवार रौनीयारले भने ३१२१ मत पाएका छन् । मेयरमा नेपाल सुशासन पार्टीका शंकर राउत अहिरले २९०९ , लोसपाका निजामुदिन समानीले २६१५ र जसपाका राजीव कुमार तेलीले ८५८ मत पाएका हुन् ।
यस्तै पोखरीयाको उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर ५१९५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ , लोसपाकी आशाकुमारी चौहानले २४६५ र नेपाल सुशासन पार्टीकी विणा देवीले २२४९ मत पाएकी छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
यस्ता छन् माओवादीले पारित गरेका १६ वटा प्रस्तावहरू (पूर्णपाठ)
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न अनुमति
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार