स्थानीय तह निर्वाचनः कांग्रेसबाट जसपालाई थ्रेट, सत्ता गठबन्धन धरापमा
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १७:१७:५५
५ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलहरुलाई आफैसँग अप्ठेरो महशुस भएको देखिन्छ । मतपरिणाम र प्रतिस्पर्धा हेर्ने हो भने आफै आफैसँग प्रतिस्पर्धा गर्नुपर्दा त्यस्तो महशुस भएको हो ।
पछिल्लो मतपरिणाम र निर्वाचनको अवस्था हेर्दा जनता समाजवादी पार्टी(जसपा) मा यस्तो अवस्था देखिएको छ । संघीय सरकारमा कांग्रेससहितको गठबन्धनमा रहेको जसपाले कांग्रेससँगै प्रतिस्पर्धा गरेको देखिन्छ । उसलाई आएको मतपरिणाम र प्रतिस्पर्धाले सरकारमा रहनु र नरहनुको कुनै अर्थ देखिएको छैन ।
स्थानीय तहको निर्वाचनमा आएको मतपरिणाममा जसपाले अपेक्षाकृत सफलता पाउन सकिरहेको छैन । हालसम्मको मतपरिणाममा उसले ९ पालिका जित्न सफल भएको छ । तर सबैभन्दा रोचक पक्ष के छ भने जसपाले जितेको नौ पालिकामै केन्द्रमा गठबन्धन रहेको नेपाली कांग्रेस नै उसको प्रमुख प्रतिस्पर्धी देखिएको छ । यस्तै कांग्रेसले जितेका मधेस प्रदेशका अधिकांश पालिकामा प्रमुख प्रतिस्पर्धी जसपा देखिएको छ । कांग्रेसले जितका मध्ये १० पालिकामा जसपा प्रमुख प्रतिस्पर्धीको रुपमा हारेको छ ।
यो परिणामले जसपा र कांग्रेस दुबैलाई झस्काएको छ । एकातिर विराटनगरमा उपमयेर उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव कांग्रेसले भोट नहाल्दा हार्ने अवस्थामा पुगेका छन् । यस्तै जनकपुरमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार विरुद्ध कांग्रेसका नेता विमलेन्द्र निधिको योजनामा कांग्रेसकै वागी उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवार रहेका मनोजकुमार साहले अग्रता कायम गरिरहका छन् । गठबन्धनको साझा उम्मेदवार भनिएका जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साह मधेस प्रदेशको राजधानी जनकपुरमा चौथो स्थानमा झर्न पुगेका छन् । यसले उपेन्द्र यादव कांग्रेससँग निकै चिढिएका छन् । ‘अहिलेकै अवस्था हेर्ने हो भने सरकारमा रहनुको अर्थ छैन’, जसपाका एक नेताले भने ।
अर्कोतर्फ डा.बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा जसपासँग माओवादी केन्द्रले गठबन्धन गर्न नचाहेपछि डा. भट्टराई बिच्किएका छन् । त्यसपछि उनले आफ्नो गृह पालिका पालुङटारमा एमालेसँग गठबन्धन गर्न पुगेका थिए । माओवादीले नतिजा घोषणा गरिएका गोरखाका आठ पालिका मध्ये एक बाहेक सबै पालिकामा जित हासिल गरेको छ । यसले आगामी संसदको चुनावमा आफुलाई समस्या पर्ने बुझेका भट्टराईले अहिलेनै आफ्नो सिट सुरक्षित राख्ने उपयाको खोजीमा लागेका छन् । स्था
नीय तहको निर्वाचनले जसपा अध्यक्ष यादव कांग्रेससँग तर्सिने र डा.भट्टराई माओवादीसँग तर्सिने अवस्थाको सृजना भएको छ । यो विषय पेचिलो बन्दै गएमा सत्ता गठबन्धनमै दरार उत्पन्न गर्नसक्ने र देउवा सरकार समेत धर्मराउन सक्ने आँकलन गरिएको छ । जसपाले जितेका यी पालिकाको नतिजाले पनि यो आशंकालाई थप जोड दिएको छ । पर्साको धोवनी गाउँपालिकामा जसपाका मदनप्रसाद चौहान ३ हजार ९१ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका बशिष्टनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मात पाए । जहाँ जम्मा २० मतको अन्तर मात्रै रहेको थियो । पर्साकै कालिका गाउँपालालिकामा जसपाका बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका अजय कुमारले ३ हजार ६०५ मत ल्याएका थिए । यसमा पनि थोरै मत अन्तर देखिएको छ ।
यस्तै धनुषाको जनकनन्दिनी गाउँपालिकामा जसपाका दीपिन देव यादवले ३ हजार १५७ मत लिएर विजयी हुँदा उनका प्रमुख प्रतिस्र्धी कांग्रेसका सुदेशकुमार चौधरीले २ हजार ७७८ मत पाएका थिए । यस्तै धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जसपाका जयकुमार यादवले ५ हजार ४१० मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्र्धी कांग्रेसका रामवावु यादव ले २ हजार ४५५ मत पाए । जुन कुरा गठबन्धन भएको भए अपेक्षाकृत सफलता पाउने थियो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका बेचन प्रसाद मेहताले ६ हजार ८७४ मत लिएर विजयी हुँदा नेपाली कांग्रेसका श्यामलाल महतोले ६ हजार ३७४ मतसहित उनको प्रमुख प्रतिस्पर्धी रहे । सिराहाको नवराजपुर गाउँपालिकामा जसपाका शिव उद्गार यादवले ४ हजार ५५४ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका विश्वमोहन प्रसाद यादवले २ हजार ५२५ मत पाए । बाराको करैयामाई गाउँपालिकामा जसपाका शम्भु प्रसाद यादवले ५ हजार ५९८ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका भुनेश्वर धामीले ३ हजार ४०० मत पाए । सर्लाही जिल्लाको बसबरिया गाउँपालिकामा जसपाका राम सिंहासन रायले ४ हजार ९४६ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका राम अयोध्या यादवले २ हजार ८७१ मत पाए ।
मधेसमा मात्रै हाईन पहाडी जिल्ला ओखलढुंगामा जसपाले जितेको स्थानको समेत मुख्य प्रतिस्पर्धी कांग्रैसकै उम्मेदवार बनेका छन् ।ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकामा जसपाका गम्बु शेर्पाले २ हजार ८८२ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्र बहादुर बस्नेतले २ हजार ७५२ मत पाए । यसरी जसपाले जितेका ९ पालिका मध्ये ९ वटैमा कांग्रेस प्रतिस्पर्धी हुनु भनेको दुबै पार्टीको भोट बैंक र मतदाता एउटै रहेको देखाएको छ । जुन विषयले दुवै पार्टीले थ्रेट महशुस गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार