एमाले सचिव तथा पूर्वमन्त्रीको वडामा एमालेको लज्जास्पद हार
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १८:४५:०
♦प्रकाश डोटेल
५ जेठ, स्याङ्जा । नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्यालको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । एमालेको गढ-आधार क्षेत्र-मानिएको वालिङ नगरपालिका वडा नम्वर १४ मा कांग्रेसको प्यानल नै विजयी भएको हो ।
कांग्रेसका राजु कुँवरले वडा अध्यक्षमा ७९९ मतान्तरले एमालेका उम्मेदवार कृष्ण डुम्रेलाई पराजित गरेका छन् । अध्यक्षमा निर्वाचित कुँवरले १८ सय ९४ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी डुम्रेले १ हजार ९५ मत प्राप्त गरेका थिए । एमालेका तर्फबाट सदस्य पदका अन्य ४ उम्मेदवारहरु समेत तीन सय बढी मतान्तरले पराजित बन्न पुगेका छन् ।
पूर्वमन्त्री अर्यालले तिवारी पसलको मतदान केन्द्रमा मतदान गरेकी थिईन् । वालिङ नगरपालिकाका अधिकांश वडामा एमाले उम्मेदवार निर्वाचित हुँदा अर्याल कै वडामा एमालेले लज्जासपद हार व्यहोर्न बाध्य भएको छ । वडामा मत बढाउनका लागि चुनावी प्रचारका क्रममा अर्यालले सो क्षेत्रमा घरदैलो समेत गरेकी थिईन् ।
पार्टीभित्रको आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्न असफल सावित एमाले सचिव अर्याल जिल्लाका अन्य पालिकामा चुनावी रणनीतिमा समेत असफल बनेकाे आराेप लागेकाे छ । जिल्ला सदरमुकामको पुतलीबजार र गल्याङ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा अधिकांश वडाहरुका धेरै पद एमालेले गुमाएको छ ।
अर्यालकै जोडबलमा नगरप्रमुखको उम्मेदवार बनेकी एमालेकी केन्द्रीय सदस्य सीमा क्षेत्रीले पुतलीबजार नगरपालिकामा नमिठो हार व्यहोरेकी छन् । उता अर्जुनचौपारी गाउँपालिकामा समेत आफ्नो पकड गुमाउन पुगेको एमालेको तर्फबाट जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे ‘पारस’ गल्याङको नगरप्रमुखमा पराजित बनेका छन् ।
कांग्रेसभित्रको अन्तरद्धन्द्धको फाईदा उठाउँदै एमालेले वालिङमा नगरप्रमुखमा बाजी मारेको भएपनि आफ्ना बिरोधीहरुलाई भित्तामा पुर्याउने एमाले सचिव अर्यालको रणनीतिले जिल्लाका अधिकांश वडामा पनि एमाले पराजित भएको पार्टी सम्बद्ध श्रोतले जनाएको छ ।
वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँणले बाजी मारेका छन् भने उपप्रमुखमा कांग्रेसकी कविता तिवारीले आफ्नो पोल्टामा पार्न सफल भएकी छिन् । नगरप्रमुखमा खाँणले व्यक्तिगत प्रयासमा बाजी मारेको एमाले श्रोतको दाबी छ । अर्यालकै गृह नगर वालिङमा कांग्रेसको कार्यपालिकामा बहुमत पुगेको छ ।
स्याङ्जा क्षेत्र नं. १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नारायण मरासिनीलाई राजनीतिक धरापमा पार्ने अर्यालको अभिष्ठले जिल्लामा एमाले समस्यामा परेको एमाले बृत्तमा चर्चा छ ।अर्यालको महत्वकांक्षाले जिल्लामा एमाले खस्कँदो र समस्याग्रस्त बन्दै गएको उनीहरुको बुझाई छ ।
यसैबीच अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा समेत पराजित भएका छन् । त्यो पनि २६ बर्षका सम्भव अर्यालसँग झण्डै ५ सय मतान्तरले । वालिङ १ को वडा सदस्य जितेर जिल्ला समन्वय समिति स्याङ्जाको सभापति बन्ने पौडेलको अभिलाशा श्रीमतीको बढ्दो हालीमुहालीले तुषारापात भएको एमालेकै कार्यकर्ताहरू बताउँछन् ।
उता जिल्ला समन्वय समितिका उपप्रमुख दीलिपकुमार बगाले पनि वडा सदस्यमा नै पराजित भएका छन् । बगाले वालिङ वडा नम्वर १० मा सदस्य लडेका थिए । ८० प्रतिशतको हाराहारीमा एमाले सम्बद्ध मतदाता रहेको भनिएता पनि गल्याङ ६ मा कांग्रेस बिजयी भएको छ,त्यस्तै एमालेमय दाबी गरिएको वालिङ १० मा पनि एमालेले लज्जास्पद पराजय भोगेको छ ।
स्थानीय तह निर्वाचनमा सार्वजनिक भएसँगै एमालेकी सचिव अर्यालले मन्त्री हुँदा गरेका कुकृत्यहरुको चर्चा बढ्न थालेको छ । मन्त्रीपदमा रहँदा पत्रकारलाई नगदवितरण गरेको, श्रीमानमार्फत जिल्लामा रासायनिक मलमा मनपरी गरेको, ठेक्कापट्टामा भागबण्डा लिएको, नक्कली कृषक खडा गरेर अनुदान कुम्ल्याएको जस्ता विषयहरु पछिल्लो समय जिल्लामा चर्चा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार