विदेशी लगानीकर्ता सहजीकरणमा नबिल बैंक र लगानी बोर्डबीच सम्झौता
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १८:८:५
५ जेठ, काठमाडौं । नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धन गर्ने विषयमा नबिल बैंक र लगानी बोर्डबीच साझेदारी गर्ने सहमति भएको छ ।
नविल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान, प्रत्यक्ष वैदेशिक लगानी बढाउन नेपालमा लगानीका अवसरहरू देखाउने खालका विभिन्न कार्यक्रमहरूमा बोर्डसँग सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।
नबिल बैंक पूर्वाधार विकासमा विगत ३७ वर्षदेखि योगदान गर्दै आइरहेको छ । यसै क्रममा पूर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० वर्षदेखी नै निकै सहभागिता र सक्रियता देखाउँदै आएको छ ।
उक्त साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवद्र्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवद्र्धन तथा यस्तै अन्य पूर्वाधारका कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पूरा गर्न नबिल बैंक र लगानी बोर्ड नेपालको यो सम्झौताले टेवा पुग्ने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
विदेशी लगानी भित्र्याउन बैंकको महत्वपूर्ण भूमिका रहेका कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलोपटक नबिल बैंकलाई साझेदार बनाएको बताइएको छ ।
बैंकले दिगो बैंकिङसँगै दिगो देश बनाउन लगानी बोर्डको औपचारिक वित्तीय सल्लाहकार बैंकको रुपमा सम्झौता गर्न पाउँदा बैंक खुसि लागेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १०, २०८१ बिहिबार
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
माघ १०, २०८१ बिहिबार
कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडबीच सम्झौता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार