सर्वोच्चबाट श्रेष्ठले मुद्दा फिर्ता लिएपछि नबिल र एनबी बैंकबीच मर्जरको बाटो खुल्यो
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २०:२१:१
५ जेठ, काठमाडौं । नेपाल बंगलादेश बैंकका संस्थापक लक्ष्मीबहादुर श्रेष्ठले मर्जरबिरुद्ध सर्वाेच्च अदालतमा दिएको मुद्दा फिर्ता लिएका छन् । उक्त मुद्दाको रिटलाई सर्वोच्चले बुधबार सुनुवाइमा राखेपनि सम्बन्धित पक्षका वकिल उपस्थित नभएपछि स्थगित भएको थियो ।
एनबी बैंकका पूर्व सञ्चालक श्रेष्ठले उक्त मुद्दा सहमतिमै अदालतबाट फिर्ता लिएको बताएका छन् । श्रेष्ठले नेपालको वित्तीय क्षेत्रको माग र बैंकको भविश्यलाई हेरेर आफुले सर्वोच्चमा दिएको मुद्दा फिर्ता लिएको बताएका छन् ।
उनले मुद्दा फिर्ता लिएपछि नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको बिगमर्जर प्रक्रिया अब सहज रुपमा अगाडी बढ्ने भएको छ । मर्जर रोक्न श्रेष्ठ आफैले सर्वोच्चमा रिट दिएका थिए । तर, सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुन सकेको थिएन ।
यसअघि सर्वोच्चको एकल इजलाशले मर्जर जेजस्तो अवस्थामा छ त्यहीँ राख्नु भन्ने आदेश दिएको थियो । मुद्दामाथि सुनुवाई हुने भएपछि सर्वोच्चले दुवै पक्षलाई बोलाएको थियो । सञ्चालक श्रेष्ठले दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट छुट्टाछुट्टै रिट हालेका थिए ।
उनले सर्वोच्चमा हालेको दुबै रिट फिर्ता लिएको बताएका छन् । दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ । अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा डाकेका छन् । एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०.८९ प्रतिशत शेयर छ । श्रेष्ठले अब मर्जर प्रक्रिया अगाडी बढ्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १०, २०८१ बिहिबार
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
माघ १०, २०८१ बिहिबार
कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडबीच सम्झौता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार