सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २०:२३:४७
५ जेठ , लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे निर्वाचित भएका हुन् ।
सुन्दरबजारमा नवनिर्वाचित कोइरालाले ६ हजार ६४१ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा ‘एमाले’का भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी भवानी केसीले पाँच हजार १८ मत प्राप्त गर्दै विजयी भएकी छिन् । उनको निकटम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरेका छन् । त्यस्तै, मध्यनेपालमा कांग्रेसका पाण्डेले ३३७ मतले एमालेका राजकुमार श्रेष्ठलाई पछि पार्दै विजयी भएका छन् ।
पाण्डेले ६ हजार ५५१ मत प्राप्त गरेका छन् भने, उनको प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले बताएका छन् । पाण्डे यसअघिका प्रमुखसमेत हुन् । प्रमुखमा पराजित श्रेष्ठ यसअघिका उपप्रमुख थिए ।
त्यस्तै, उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई एक हजार ३४२ मत अन्तरले हराउँदै विजयी भएकी छिन् । उनले ६ हजार ४१६ प्राप्त गरेकी छिन् भने, उनका निकटम प्रतिद्वन्द्वी उपेन्द्रले पाँच हजार ७४ मत प्राप्त गरेका थिए । सुन्दरबजारमा २० हजार ७९६ मतदाता रहेकोमा १४ हजार ५२ मत खसेको थियो भने, मध्यनेपालमा २० हजार ९२ कूल मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार