पाल्पाको रम्भामा मतगणना अझै अन्योल
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २०:३९:५७
५ जेठ ,रामपुर । पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो ।
मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताएका छन् ।
निर्वाचन आयोगबाट मतगणनाकार्य गर्न आदेश आए पनि दलहरुबीच विवाद हुँदा प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ ।खसेको मतभन्दा ७४ मत फर्जी भेटिएपछि विवाद भएको हो ।यहाँ एक हजार ९२२ मत खसेको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाइ पुनः मतदानको माग गरेका छन् ।
मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । रम्भास्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको विभिन्न चरणका बैठकले स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपनि सफल नभएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नौ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार