कर्जन्हा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा जसपा निर्वाचित
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २०:४१:२९
५ जेठ, सिरहा । कर्जन्हा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । नगरपालिकाको मेयरमा एमाले र उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् ।
मेयरमा भोलाप्रसाद पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा), नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । पोखरेललले तीन हजार आठ सय ३९ र उपप्रमुखमा विजयी श्रेष्ठले तीन हजार चार सय ८७ मत ल्याएकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धीहरू जसपाका केशवप्रसाद साहले तीन हजर दुई सय २३ र नेकपा माओवादीका उम्मेदवार तथा नविर्तमान मेयर गंगा पासवानले दुई हजार चार सय ८२ मत प्राप्त गरेका छन् । उपमेयर श्रेष्ठकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निर्मलाकुमारी देवी पासवानले तीन हजार ९५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा नविर्तमान उपमेयर ज्ञानु कुमारी श्रेष्ठले दुई हजार चार सय ५६ मत प्राप्त गरेकी छिन् ।
नगरपालिकाको ११ वडामध्ये पाँच वडामा नेकापा एमाले, तीनमा जसपा, एक(एकमा माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी र स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएका छन् ।
यस नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित बहुमत वडामा माओवादी केन्द्रले विजयी हाससल गरेको थियो । यसपटक माओवादी तेस्रो स्थानमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार