संस्कृत भाषामा आकर्षण
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २२:३३:१०
५ जेठ, काठमाडौं। संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ ।अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो।
विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयका अध्यापन गर्दै आएका शिक्षक योगराज सापकोटा संस्थागत विद्यालयमा संस्कृत विषय पढाउने शिक्षककोे खोजी भइरहेको बताउछन् । संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृत विषयप्रति बढ्न थालेको हो । हाल उपत्यकाका करिब १०० वटा संस्थागत विद्यालयमा संस्कृतको अध्ययन अध्यापन हुन थालेको छ ।
अमेरिकी वैज्ञानिक संस्था नासाले गरेको अनुसन्धानमा कम्प्युटरमा सबैभन्दा सहजरुपमा राख्न सकिने भाषाका रुपमा संस्कृतको पहिचान गरेकाले पनि यसप्रति विद्यालयको आकर्षण बढेको हो । संस्कृत सूत्रबद्ध भाषा भएकाले कम्प्युटरमा यसको प्रयोग सहज हुने नासाको अध्ययनले देखाएको छ ।
यसैकारण पनि विभिन्न देशमा संस्कृतको माग बढेको छ । संस्कृतको अन्तर्राष्ट्रिय बजार बन्न थालेपछि काठमाडौँ उपत्यकाका अक्षरा, पाणिनी, गेटवे, भेलोसिटी, गुरुकुल संस्कारम्, दीपिका, वाग्मती, डिएभीलगायत विद्यालयमा संस्कृतको पठनपाठन भइरहेको छ । योगका कारण पनि संस्कृत भाषाप्रति आकर्षण बढेको शिक्षक सापकोटा बताछन् ।
माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिएपछि पनि संस्कृत पढाउने पालिकाको सङ्ख्या बढेको छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्क्रम र पाठ्यपुस्तकको व्यवस्था गरिदिएको छ । ‘अस्माकम् संस्कृतम्’ नामको पुस्तक कक्षा १ देखि १२ सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रकाशन गरेपछि संस्कृत भाषा पढाउन चाहने विद्यालयका लागि सहज भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार