मत गन्न बाँकी छँदै भानु नगरपालिकामा विजयी घोषित भए कांग्रेसका उम्मेदवार
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २२:१२:२२
५ जेठ, तनहुँ । गन्न बाँकी रहेको दुई वडामा खसेको सबै मत विपक्षमा जाँदा पनि नजित्ने अवस्था देखिएकपछि मतगणना बाँकी छँदै तनहुँको भानु नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी घोषित गरिएको छ ।
उक्त नगरपालिकामा रहेका अधिकांश वडामा काँग्रेसले नै जित निकालेको छ । वडा नम्बर ६ र ८ को मतगणना बाँकी छँदै नगरपालिका प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी भएको घोषणा गरिएको हो ।
काँग्रेसका उम्मेदवार त्रिपाठीले १० हजार ९३७ मत प्राप्त गरेका छन् । भानुको ८ र ६ को मत गन्न बाँकी छँदै एमालेका प्रतिष्पर्धी सीताराम बजगाईंभन्दा तीन हजार तीन सय मतले त्रिपाठी अगाडि भएपछि विजयी भएका हुन् ।
एमालेका बजगाईंले सात हजार ६४९ मत पाएका छन् । नगर उपप्रमुख पदमा पनि कांग्रेसकी उमा गोतामेले नौ हजार तीन सय ५३ मत पाउँदा निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले चार हजार ८६७ मत पाएका छन् ।
गन्न बाँकी रहेको मत भन्दा प्रमुख र उपप्रमुख दुवैको मतान्तर बढी भएकाले जितका लागि यतिनै पर्याप्त रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार