टपगन एकसाता पोस्टपोन्ड हुँदा ‘कबड्डी ४’ ले पायाे राहत
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २३:२९:५५
५ जेठ, काठमाडौं । देशभर यति बेला मतगणनाले माहोल तातिरहेका बेला नेपाली चलचित्र ‘कबड्डी ४ ले राहतको महसुस गरेको छ ।
नेपाली चलचित्रको कुरा गर्ने हो भने आगामी साता प्रदर्शनको तयारी रहेको फिल्म ‘कबड्डी ४’ लाई एप्पल इन्टरटेनमेन्टले टम क्रुज स्टारर फिल्म ‘टपगन : माभेरिक’लाई एकसाता पोस्टपोन्ड गरेपछि ठूलो राहतको महसुस गरेको हो ।
भारतसहित विश्व बक्सअफिसमा क्रुजको उक्त फिल्म जेठ १३ गते प्रदर्शन हुँदैछ । नेपालमा पनि सोही मितिमा रिलिजको तयारी भएको थियो तर, एप्पलले फिल्मलाई एकसाता पछाडि रिलिज गर्ने निर्णय गरेको छ ।
सँगै रिलिज हुँदा दुबै फिल्मको ब्यापार प्रभावित हुने भएकाले टपगन फिल्म जेठ २० गते प्रदर्शन गरिने बताइएको छ । तेसो त कोरोना महामारी पछाडि नेपाली बक्सअफिसमा ‘कबड्डी ४’ प्रतीक्षित सिक्वेल हो । कबड्डी निर्माता मणिराम पोखरेलले फिल्म पोस्टपोन्ड गर्ने एप्पलको निर्णय स्वागतयोग्य भएको बताए ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङलगायत कलाकारको अभिनय छ। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म जेठ १३ गते रिलिज हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
क्रेन लगाएर कन्टेनर हटाएपछि पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार