नवजोत सिद्धु दोषी ठहर ३४ वर्ष पुरानो घटना, एक वर्ष जेल सजायको फैसला
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २३:४६:१०
५ जेठ , कााठमाडाैं । भारतीय क्रिकेट टोलीका पूर्वब्याट्सम्यान तथा कांग्रेस नेता नवजोत सिंह सिद्धु १ वर्षका लागि जेल जानुपर्ने भएको छ।३४ वर्षअघिको एक घटनामा जोडिएका उनलाई अदालतले १ हजार रुपैयाँ जरिवाना गरेर छाडिएकोमा उक्त फैसला पुनरवलोकन भएपछि भारतीय सर्वोच्च अदालतले उनलाई १ वर्षको जेल सुनाएको हो।
भारतीय मिडियाहरुका अनुसार यो १९८८ डिसेम्बर २७ मा पटियालामा भएको एक विवादको घटना हो। पार्किङलाई लिएर त्यो समयमा विवाद भएको थियो। पीडित र अन्य दुई जना बैंकबाट पैसा निकाल्न गइरहेका थिए। सडकमा एक जिप्सी थिए। उनलाई हटाउन सिद्धुलाई अराइयो। त्यहाँ विवाद भयो। प्रहरीका अनुसार त्यसबेला सिद्धुले पीडितलाई कुटपिट गरेर भागेका थिए। पीडितलाई अस्पताल त लगियो तर उनको मृत्यु भयो ।
त्यतिबेला सिद्धु भारतीय टिमका स्टार थिए। उनी २५ वर्षका थिए । उनले गुरनाम सिंह नामका ६५ वर्षय व्यक्तिलाई कुटपिट गरेका थिए। डाक्टरहरुले उनको मृत्युको कारण टाउकोमा गहिरो चोट भएको बताएका थिए । सन् २००६ मा यो मामिलामा उच्च अदालतले सिद्धुलाई ३ वर्षको जेल सजाय दिएको थियो। सिद्धु र एक अन्यलाई हत्या अभियोगमा दोषी मानी यो सजाय दिइएको थियो ।
उनले पछि सर्वोच्च अदालतमा यसविरुद्ध चुनौती पेस गरे। अदालतले त्यसपछि सिद्धुलाई १ हजार जरिवाना तिराएर सफाइ दियो । तर पीडित परिवारले यो मामिलामा सर्वोच्चमा पुनरावेदन दिए। त्यसपछि सर्वोच्चले आफ्नो अघिल्लो फैसला बदर गर्दै १ वर्ष जेल सजाय दिएको हो । क्रिकेट छोडेयता सिद्धु भने राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनले सन् २००४ मा भाजपाबाट उठेर लोकसभा चुनाव जितेका थिए। सन् २००९ मा पनि उनले जित हासिल गरे। सन् २०१७ मा भने उनी कांग्रेसमा प्रवेश गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार