रोयल सहकारीले मनायाे २१ औं स्थापना दिवस
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १२:१०:११
♦ प्रकाश डोटेल
६ जेठ, स्याङ्जा । स्याङ्जा सदरमुकाम पुलतीबजार नगरपालिकामा बसोबास गर्ने प्रतिष्ठित व्यवसायीहरुको सक्रियतामा २०५८ मा स्थापना गरिएको रोयल वचततथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवस मनाईएको छ ।
दिवसको अवसरमा शुभकामना दिर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद पौडेल र पूर्व अध्यक्ष भरतप्रसाद लम्सालले रोयल सहकारीले सहकारीको मुलमर्म अनुसार शेयर सदस्यको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताए ।
पछिल्लो समय सहकारीलाई ठूला लगानीकर्ताले कमाई खाने साधनको रुपमा लिएको दाबी गर्दै उनीहरुले सहकारी मार्फत शेयर सदस्यलाई आर्थिक उर्पाजनको माध्यममा जोडनुपर्ने बताए । सहकारीलाई सामुहिक विकासमा उपयोग गर्नुपर्ने उनीहरुको भनाई थियो ।
झण्डै ४ करोड बराबरको अधिकृत पुँजी रहेको रोयलले करिब ३५ करोडको आर्थिक कारोबार गर्दै आएको छ । कुल कारोबार रकमको झण्डै २० प्रतिशत रकम कृषिजन्य उत्पादनमा केन्द्रित रहेको छ । संस्थासँग झण्डै ६ करोडको व्यापारिक भवन पनि रहेको संस्थाका प्रबन्धक शान्ति अर्याल ढकालले जानकारी दिईन् ।
२१ औं स्थापना दिवसका अवसरमा सहकारीले शेयर सदस्यहरुलाई मोबाईल बैंकिङ सेवा सुरुवात गरेको छ । सहकारी केहि समयभित्र मोबाईल एप्स सेवामा जाने तयारी गरिएको बताईएको छ । रोयल सहकारीले केहि वर्षदेखि जिल्लाभरका शेयर सदस्यहरुबीच सहकारी गतिविधि संचालन गर्दै आएको छ ।
त्यस अवसरमा संस्थाका सल्लाहकार शेरबहादुर राना, कोषाध्यक्ष बद्रिप्रसाद श्रेष्ठ, संचालक समितिका सदस्य दुर्गा लम्साल, सुजाता पौडेल, अनुगमन समितिका सदस्य ईन्द्रणी अधिकारी नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रोयलका सचिव प्रकाश डोटेलले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार