हरिवन नगरपालिकाको मेयरमा माओवादी र एमाले विजयी
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १४:१:१३
६ जेठ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।
हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रसाईसगँ पराजित भएका बुडाथोकीको यो जितलाई बदलाको रुपमा सहेत हेरिएको छ ।
उपमेयरमा एमालेकी हरिमाया घलान १५३४ मतान्तरले विजयी भएकी छिन् । घलानले कुल ६८५५ मतसहित विजयी हासिल गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पद्मा मोक्तानले ५३२१ मत मात्र प्राप्त गर्दै पराजित भइन् । हरिवन वडाध्यक्षमा एमालेका ५ जना, कांग्रेसका ४ जना र एकीकृत समाजवादीका दुई जना विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार