इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १५:१०:१०
६ जेठ, इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए ।
खनाल २०७४ को स्थानीय तहको निर्वाचतमा पनि एमालेबाट उम्मेदवार थिए । त्यसबेला खनाल कांग्रेसका रामकुमार श्रेष्ठसँग पराजित भएका थिए । उपाध्यक्षमा पनि एमालेकी कल्पना राई निर्वाचित भएकी छिन् ।उनी ५ हजार १५८ मतसहित विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका केवी वान्तवाले ४ हजार १४७ मत पाए ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका कर्णबहादुर लिुम्बु, वडा नम्बर २ मा कांग्रेसकै यामबहादुर खत्री पौडेल, ३ मा एमालेका दिपेन्द्र लिम्बु, ४ मा कांग्रेसका पदमबहादुर मगर, ५ मा एमालेका सिद्धान्त आले, ६ मा एमालेका टंकनाथ खनाल, ७ मा कांग्रेसका छत्रबहादुर लिम्बु वडाध्यक्षमा निर्वाचित भएका छन् । फाकफोकथुममा नेपाली कांग्रेसका १४ र एमालेका २३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार