सशस्त्र मूख्यालयमा भाइरस पसेको आंशका, नियन्त्रण गर्न छुट्टै सेल गठन
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १७:२:१४
६ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल मूख्यालयमा ‘भाइरस’ पसेको भन्दै त्यसको खोजी गर्न छुट्टै सेल खडा भएको छ । सशस्त्र प्रहरीले गरेका हरेक निर्णयहरु लिखितरुपमा बाहिरिन थालेपछि त्यसको निगरानी र खोजी गर्न छुट्टै सेल खडा गरिएको हो ।
खासगरी प्रहरी महानिरीक्षक (आईजीपी)ले गरेका निर्णयहरु हुबहु बाहिरिएको भाइरसको खोजी शूरु भएको हो । नयाँ आईजीपीमा राजु अर्याल नियुक्त भएपछि पहिलो पटक बसेको पीसीसी बैठकले १० बुँदे निर्णय गरेको थियो । सो निर्णयको पूरै प्रति लिखितरुपमा बाहिर आएको थियो ।
प्रहरी प्रवक्ता विदुर खड्कालाई ‘कोट’ गर्दे निर्णयका प्रति बाहिरिएपछि बुधबार र विहीबार सशस्त्र प्रहरी मूख्यालयकाे सचिवालयमा सबै कर्मचारीहरु शंकाको घेरामा परेका थिए । हाल सचिवालयमा पूर्व आईजीपीहरु शैलेन्द्र खनाल र पुष्पराम केसीको सचिवालयमा बसेर काम गरेका कर्मचारीसमेत छन् । केहीलाई राजु अर्यालले काम दिएका छन् भने केही कर्मचारीको काम भनेको कालो चिया खाने र एकले अर्काको कुरा काट्ने मात्रै भएको छ ।
बुधबार भएको सो निर्णय पनि तिनै कर्मचारीहरुले बाहिर पठाएको आशंका गरिएको छ । पीसीसी बैठकले सशस्त्र प्रहरी बलमा आबद्ध रहेका कर्मचारीको जीवन वृत्तिविकासमा सहयोग पुग्ने १० बुँदे निर्णय गरेको थियो ।
बुधबार बसेको पीसीसी बैठकले गरेका निर्णयहरु एक्कासी सक्कल प्रतिसहित बाहिरिएपछि आईजीपी अर्यालले बिहीबार दिनभर निर्णय बाहिर पठाउने व्यक्तिको खोजी गरेका थिए । बुधबार बसेको बैठकले सशस्त्र कर्मचारीलगायत उनीहरुको परिवारका साथै उनीहरुको जीवनवृत्तिको विकासका लागि विभिन्न निर्णयहरु गरी कार्यान्वयन गर्नका लागि निर्देशन समेत दिएको थियो ।
जसअनुसार जुनियर अधिकृत तथा बिल्लादारलगायतलाई विभिन्न प्रमाणपत्र उपलब्ध गराउने, सशस्त्र प्रहरी कर्मचारीको बृहत्तर सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवाहरु प्रदान गर्ने, सशस्त्रका परिचरहरुलाई जवान सरहको फ्रि-स्केलका सामान, पोशाकलगायतको सुविधा दिने लगायतको निर्णयहरु गरेको थियो ।
यस्तो छ १० बुँदे निर्देशन
१. जुनियर अधिकृत तथा बिल्लादार, जवानहरुलाई तालिम समापन पश्चात प्रमाणपत्र वितरण गर्ने । सम्बन्धमा विगतमा भएको नीतिगत निर्णयको कारण वितरण गर्न बाँकी रहेका सम्बन्धित तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको प्रमाणपत्र आवश्यक समन्वय गरी सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीहरुलाई उपलब्ध गराउने र हाल संचालन भइरहेका तथा अबउप्रान्त संचालन हुने सबै किसिमका तालिमहरुको प्रमाणपत्र दिने व्यवस्था मिलाउने ।
२. सशस्त्र प्रहरी कर्मचारीहरुको बृहत्तर सुविधालाई ध्यानमा राखी निजहरुलाई आवश्यक पर्ने कर्मचारी संचयकोष, नागरिक लगानी कोष, किताबखाना लगायतका सेवाहरु प्रदान गर्ने कार्यलाई सहज बनाउन तथा आवश्यक आर्थिक व्यक्तिगत परामर्श समेत प्रदान गर्न हाल भइरहेको निवृत्तिभरण शाखालाई आवश्यक जनशक्ति एवं साधनश्रोतको व्यवस्थापन गरी सो अन्तर्गत रहने गरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा केन्द्रीय सहायता-समन्वय कक्षको स्थापना गर्ने ।
३. सशस्त्र प्रहरी परिचरहरुलाई जवान सरहको फ्रिस्केलका सामानहरु, जुनियर अधिकृतहरुलाई टप बुट एवं सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकहरुले कार्यालय पोशाकमा कलर डक्स लगाउने व्यवस्था गर्ने सम्बन्धमा अन्य सुरक्षा निकायहरुमा भएको व्यवस्थालाई समेत आधार मानी बृहत छलफल गरी उपयुक्त रायसहितको प्रतिवेदन पेश गर्ने ।
४. फौजीलायक शारीरिक स्वास्थ्य तथा परनिर्भरता कमी राख्न सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुको लागि Body Mass Index -BMI प्रणालीलाई पेशागत वृत्तिविकाससँग आवद्ध गर्न के. कस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ, सो सम्बन्धमा रायसहितको प्रतिवेदन पेश गर्ने ।
५. सशस्त्र प्रारी कर्मचारीहरु सरुवा-बढुवा भई एक यूनिटबाट अर्को यूनिटमा जाँदा निजहरुले ब्यारेकमा प्रयोग गर्ने बेड-विस्तारा समेत साथमा लिएर जाने परम्परा झन्झटिलो एवं असुविधायुक्त भएकोले सो परिपाटीको अन्त्य गरी गुल्म तहसम्ममा कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने बेड विस्ताराहरुको आवश्यक व्यवस्थापनको लागि निर्देशन दिने ।
६. सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको सुविधा एवं निजका सन्ततिको हितलाई मध्यनजर गरी गण तहसम्मका इकाईहरुले आवश्यकताको आधारमा शिशु स्याहार केन्द्र, प्ले ग्रुप स्थापना गरी संचालन गर्नको लागि निर्देशन दिने ।
७. पूर्व सशस्त्र प्रहरी कर्मचारी एवं आफन्तजनहरु कुनै यूनिटमा भेटघाटको लागि आउँदा निजहरुलाई बस्न र खानाको प्रबन्ध संस्थागत तवरबाट सम्बन्धित युनिटले व्यवस्थापन गर्नको लागि निर्देशन दिने ।
८. युनिटले गर्न सक्ने सकल दर्जाको हित हुने सानातिना कल्याणकारी कार्यहरु संचालन गरी सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न आन्तरिक श्रोतहरुको पहिचान गरी कसरी यूनिट कल्याणकारी फण्डको स्थापना गर्न सकिन्छ, सो सम्बन्धमा कार्यविधि तयार गरी पेश गर्न निर्देशन दिने ।
९. सशस्त्र प्रहरी कर्मचारीहरुको UNPOL मिशनहरुमा सहभागिता बढाउन सशस्त्र प्रहरी वल, नेपाल प्रधान कार्यालयमा French Language प्रशिक्षण कार्य सुरु गराउने सम्बन्धमा आवश्यक कार्यविधि तयार गरी पेश गर्न निर्देशन दिने ।
१०. संगठनको Institutional Memory लाई प्रविधियुक्त बनाउन एवं बिदा प्रणालीलाई समेत म्ष्नष्तबष्शिभम गर्ने सम्बन्धमा आवश्यक सफ्टवेयर निर्माण एवं कार्यविधि तयार गरी पेश गर्न निर्देशन दिने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार
आफ्ना मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो, संसदीय दलको बैठक पनि बस्दै
माघ ३, २०८१ बिहिबार