लमजुङका आठ स्थानीय तहमा कांग्रेस र एमालेका चार/चार विजयी
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १९:४२:४४
६ जेठ ,लमजुङ । यहाँ रहेका आठ स्थानीय तहमध्ये चार/चार स्थानीय तहमा कांग्रेस र नेकपा (एमाले) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको छ ।
जिल्लामा कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतको गठबन्धन रहेको थियो भने एमाले एक्लै चुनावमा होमिएको थियो । जिल्लाकै सदरमुकामसमेत रहेको र सबैको चासो रहेको बेँसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिकामा सूर्य गुरुङ, दोर्दी गाउँपालिकामा युवराज अधिकारी र मस्र्याङ्दी गाउँपालिकामा अर्जुन गुरुङ निर्वाचित भएका छन् । बेँसीशहरका अर्याल र मस्र्याङ्दीका गुरुङ पुनः दोहोरिन सफल भएका छन् ।
त्यस्तै गठबन्धनतर्फ नेपाली कांग्रेसबाट सुन्दरबजार नगरपालिकामा कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकामा रमेशकुमार पाण्डे, राइनास नगरपालिकामा खड्काबहादुर गुरुङ र दूधपोखरी गाउँपालिकामा धनप्रसाद गुरुङ निर्वाचित भएका छन् । उपप्रमुख तथा उपाध्यक्षतर्फ एमालेले पाँच तहमा जितेको छ भने, कांग्रेसले एक र माओवादी केन्द्रले दुई पालिकामा जितेको छ ।
एमालेका तर्फबाट उपप्रमुख पदमा बेँसीशहर नगरपालिमामा पद्मा गुरुङ, सुन्दरबजार नगरपालिकामा भवानी केसी, मध्यनेपाल नगरपालिकामा सीता गुरुङ, क्व्होलासोथर गाउँपालिकामा गमी गुरुङ र मस्र्याङ्दी गाउँपालिकामा जुनामाया थापा निर्वाचित भएकी छिन् । माओवादी केन्दबाटे दूधपोखरी गाउँपालिकामा क्षेत्रबहादुर गुरुङ र राइनासमा नगरपालिकामा पुष्पराज खनाल निर्वाचत भएकी छिन् । भने कांग्रेसका विच्छबहादुर घले दोर्दी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार