पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा ३२ वर्षीय युवा जसवन्त विजयी
आबिद हुसेन
जेठ ६, २०७९ शुक्रबार २१:१:२
६ जेठ, बीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेद्वार जसवन्त यादब विजयी भएका छन् । ३२ वर्षीय यादवले जसपका उम्मेद्वार निवर्तमान पालिक अध्यक्ष समेत रहेका प्रदीप जयसवललाई १८३१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । यादवले ६६४१ मत पाउँदा जसपाका जयसवालले भने ४८१० मत ल्याएका छन् ।
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेर चौथो स्थानमा सिमित हुन पुगेका यादव यसपाली भने एमाले प्रवेस गरेर अध्यक्षको उम्मेद्वर बनेका थिए । जसपाले नपत्याएपछि एमालेबाट टिकट लिएर चुनाबमा होमिएका यादबले जसपकै उम्मेद्वार जयसवललाई पराजित गरेका हुन् ।
सखुवाप्रसौनी गाँउपालिकाको उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छिन् । नेकपा एमालेकी उम्मेदवार एंव निवर्तमान उपाध्यक्ष फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएकी हुन् ।
बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने निवर्तमान उपाध्यक्ष थरुनीले ४ हजार २ सय ५६ मत पाएकी छिन् । पर्सामा यसअघि जीराभवानी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका ३२ वर्षिय अनोज चौधरी र कालीकामाइ गाँउपालिका अध्यक्षमा जसपाका २१ वर्षिय बशीष्ट गुप्ता निर्वाचित भइसकेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार