सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्य :राष्ट्रपति सी
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार २१:२८:४८
६ जेठ, बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गरेका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडियो सम्बोधन गर्दै सीले उक्त टिप्पणी गरेका हुन् ।
विश्व इतिहासमा एक शताब्दीयता नदेखिएको महामारी तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न अस्थिरता, अनिश्चितता र असुरक्षाका कारकहरू बढ्दै गएकाले ब्रिक्स राष्ट्रहरूलाई एकजुट हुन उनले आग्रह गरेका हुन् । “शान्ति र विकास वर्तमानको अपरिवर्तित विषय हो,अन्तर्राष्ट्रिय समुदायको साथ, सहयोग र ऐक्यबद्धता अत्यावश्यक छ” उनले भने ।
अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक, प्रेरणादायी र रचनात्मक शक्तिको रूपमा ब्रिक्सका सदस्य देशले दृढतापूर्वक काम गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायित्व, शान्ति र विकासको प्रवद्र्धन, निष्पक्षता, न्याय, लोकतन्त्र एवम् स्वतन्त्रताको समर्थन आवश्यक भएको राष्ट्रपति सीले बताए ।
अरूको खर्चमा आफ्नो सुरक्षा खोज्दा नयाँ तनाव र जोखिम मात्रै सिर्जना हुने बताउँदै राष्ट्रपति सीले विश्वमा साझा सुरक्षा प्रवद्र्धन गर्न विश्वव्यापी सुरक्षा प्रयास उपयोगी हुने विचार व्यक्त गरे। ब्रिक्स देशहरूले राजनीतिक रूपमा पारस्परिक विश्वास र सुरक्षा सहयोगलाई सुदृढ गर्न, प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा निकट सम्पर्क कायम गरेर एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र विकासका लागि सुरक्षाको विश्वव्यापी समुदाय निर्माण गर्नुपर्छ भने । उनले शीतयुद्धको मानसिकता र टकरावबाट मुक्त हुनुपर्नेमा पनि जोड दिए ।
“अहिलेको जोखिम र चुनौतीपूर्ण परिस्थितिमा विकासोन्मुख देशहरूले समृिद्धिका लागि पारस्परिक एकता र सहयोगलाई अझ बलियो बनाउनुपर्छ, आपसी समझदारी एवं विश्वास बढाउन, सहयोगका क्षेत्रलाई बढाउन तथा आपसी हित प्रवद्र्धन अभिवृद्धि गर्नुपर्छ,”उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार