खाद्य सुरक्षाको समस्या समाधान गर्न सामूहिक पहलको खाँचो
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार २२:५:५
♦मधुकर अधिकारी
६ जेठ , वासिङ्टन डिसी । नेपालले विश्वव्यापीरुपमा बढ्दो खाद्य संकट समाधानका लागि द्वन्द्वरत पक्षको राजनीतिक समाधान खोज्दै शान्ति र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । साथै खाद्यान्न, इन्धन र मलखादको खुला बजार निर्देशित आपूर्ति गर्दै ठूला सीमित देश वा व्यापारिक समूहले नियन्त्रण हुने अवस्थालाई निरुत्साहित गर्नुपर्ने कुरामा विश्वको ध्यानाकर्षणसमेत गराएको छ । न्यूयोर्कमा बिहीबार आयोजित राष्ट्रसंघको सुरक्षा परिषद्को खुला छलफलमा नेपालको धारणा राख्दै राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख अमृत राईले खाद्य संकटको समाधानका लागि कृषि खाद्य प्रणालीलाई ग्रामीण भेगका साना किसानको सहभागितामा कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
उनले खाद्य र पेट्रोलियम पदार्थको मूल्यले खाद्यान्न आयातमा विकासशील देशले दबाब झेल्नु परेको र त्यसमा नेपाल पनि अछुतो नरहेको विश्व समुदायलाई जानकारी गराएका छन् । कोरोना महामारीका कारण धेरै देश संकटको चर्को दबाबमा परिरहेका छन्, क्रय क्षमतामा ह्रास आइरहेको छ । “विदेशी मुद्रा सञ्चितिमा र मुद्रा विनिमयमा समेत देशलाई दबाब परेको छ”, राईले थपे, “यस्तो अवस्थामा महिला, बालबालिका र जोखिममा रहेका नागरिकको अवस्थामा थप जटिलता थपिनेछ ।
उनले भने, “खाद्य सुरक्षासँग जोडिएका विषय तेलको मूल्यवृद्धि, विश्वव्यापीरुपमा आर्थिक संकट, मुद्रास्फीति र आपूर्ति व्यवस्थालाई सन्तुलितरुपमा राख्नका लागि क्षेत्रीय र विश्वव्यापीरुपमा समन्वयको खाँचो रहेको छ । “राईले अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई विकासशील देशलाई वित्तीय तथा मौद्रिक संकटमा जुध्न सहयोग गर्नुपर्ने बताएका छन् । उनले भने, “वित्तीय र मौद्रिक सङ्कट झेलेका देशलाई वैदेशिक मुद्रा सञ्चितिमा चाप र वित्तीय संकटका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्नुपर्छ ।”
राष्ट्रसंघको सुरक्षा परिषद ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न द्वन्द्व र खाद्य सुरक्षा’ विषयक बैठकमा विभिन्न देशका मन्त्रीले आफ्नो धारणा राखेका थिए । बैठकको अध्यक्षता संयुक्त राज्य अमेरिकाको तर्फबाट यहाँका विदेशमन्त्री एन्थोनी व्लिेकनले गर्नु भएको थियो । राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि सङ्गठनले कोराना महामारीका कारणले सन् २०२० मा थप ३२ करोड मानिसले खाद्य संकटको सामना गर्नुपरेको प्रतिवेदन हालै सार्वजनिक गरेको थियो । हाल विश्वका करिब दुई अर्ब ३७ करोड मानिसले पर्याप्त खाना खान पाउँदैनन् भने त्यसमध्येका करिब ६० प्रतिशत जनसङ्ख्या द्वन्द्वग्रस्त क्षेत्रमा बस्न बाध्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार