एसिया कप छनोटः किरणसँगै चार खेलाडी बाहिर
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार २२:१६:२८
६ जेठ, काठमाडौ । एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङबिनै नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । शुक्रबार नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय राष्ट्रिय टिममा नियमित कप्तान किरण पनि अटाएनन् ।
पछिल्लो समय चर्चामा रहेको खेलाडी प्रशिक्षक विवादमा किरणले खेलाडीको पक्षमा आवाज उठाएका थिए । यसैकारण उनलाई टिममा नसमेटिएको बुझिएको छ ।राष्ट्रिय टोलीका रोहित चन्द, विमल घर्तीमगर, सुजल श्रेष्ठ, अन्जन बिष्टसहित १० सिनियर खेलाडी र होटलको विषयमा विवाद भएपछि प्रशिक्षक अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै खेलाडीहरूले बन्द प्रशिक्षण छोडेका थिए । यस्तै नीरकुमार राई, विकास तामाङ, रोशन राना मगर र शिव गुरुङ पहिलोपटक टोलीमा स्थान बनाएका छन् ।
एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । नेपालले जुन आठमा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ ।
नेपाली टिमः
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप फुटबलः संकटा क्लब विजयी
माघ १०, २०८१ बिहिबार
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार