भक्तपुरका जनप्रतिनिधिहरूले लिए शपथ
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार २३:५५:१४
६ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि उनीहरूले पनि पदभार ग्रहण गरेका छन् । भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराए ।
शपथ ग्रहण गरेका वडाध्यक्षहरूमा भक्तपुर नपा वडा नम्बर १ का श्यामकृष्ण खत्री, वडा नम्बर २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नम्बर ४ का उपेन्द्र सुवाल, वडा नम्बर ५ का योगेन्द्रमान बिजुक्छेँ, वडा नम्बर ६ का हरिराम सुवाल, वडा नम्बर ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रवीन्द्र ज्याख्व र १० नम्बर वडाका लक्ष्मीप्रसाद ह्यौंमिखा रहेका छन् ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जनप्रतिनिधिहरूले जनताको सेवामा एम्बुलेन्स र दमकलसरह खट्नुपर्नेमा जोड दिए । भक्तपुर नरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरू यस कार्यकालमा पूरा गर्ने बचनबद्धता व्यक्त गरे ।
सपथग्रहणपश्चात आ–आफ्नो पदभार सम्हाले । शपथ ग्रहणपश्चात् नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पहिलो कार्यपालिका बैठक बस्यो । बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि भएका विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा साहादत्त प्राप्त गरेका ज्ञात अज्ञात सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भएका वीर योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार