नेपालसहित १५ देशका २६ फिल्म चयन
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शनिबार ०:१९:५६
६ जेठ, काठमाडौं । १० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र बिलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको यो महोत्सबमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ ।
नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् । कोरोना महामारी मत्थर भएकाले यतीबेला यो महोत्सब गर्न लागिएको पनि उनले बताएकी छिन् ।
नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफुहरुले एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताएकी छिन्,‘प्राकृतिक र सांस्कृतिक रुपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुराहरु मिल्दा जुल्दा छन् ।
अफ्रिकालाई अब हामीले पश्चिमाहरुको नभएर अफ्रिकन लेन्सबाटै हेर्नु पर्छ भनेर हामीले बिगत १० वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएका छौं ।’
महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सबमा बिदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जस मध्य अधिकाँस अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय बस्तुमा आधारित फिल्म पनि महोत्सबमा चयन भएका छन् ।
महोत्सबका लागि फिल्म चयन भएका बिदेशी मुलुकहरुमा बुर्किना फासो, इजिप्ट, ट्युनेशिया, सँयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ष्ट्रिया, जर्मनी, बेनिन, कँगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।
महोत्सबमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जस मध्य ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ । जसमा द ब्लाक कर्नर, ऐना, राईज, शँका, कुईनेटो, गरिमा, द डटर, थर्ड आई रहेका छन् ।
यस्तै यसपटक विधार्थीहरुको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । फिल्मका विधार्थी फिल्म प्रतिस्पर्धामा विधार्थीहरुले बनाएको फिल्म राखिएको हो । जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् ।
यस्तै बिदेशी फिल्म तर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोष्ट अफ स्पेश टाईम, अल्जेरियाको ला चेम्बर, क्यामरुन लेश मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया÷अस्ष्ट्रिया÷जर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया÷युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन् । यस्तै इजिप्टबाट यसपटक दिई ईज माई नाईट, आजिया, द अदर चेक, एबाउट ए गर्ल सहित ४ वटा चलचित्र चयन भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार