नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शनिबार ०:५७:४१
६ जेठ, लमजुङ । लमजुङको सदरमुकाम बेँसीशहरमा रहेको बेँसीशहर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार सम्हालेका छन् । नगरपालिकामा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित पश्चात् पदभार ग्रहण गर्दै बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्दै समृद्धि पालिका बनाउने बताए ।
शुक्रबार दोस्रो कार्यकालको पदभार समाल्दै अशिक्षा र गरिबीका कारण विकास नहुने भएकाले त्यस्ता नागरिकको आवश्यकतालाई मध्यनजर गरेर अघि बढ्ने बताए ।
उनले फोहोर व्यवस्थापनमा समस्या भएको र आफ्नो पहिलो कार्यकालमा समाधान गर्नका लागि चार करोड बढी लगानीमा ठेक्का गर्न लागे पनि ठेकेदार नआएकाले व्यवस्थापन हुन नसके पनि अब समाधान गर्नेतर्फ अघि बढ्ने उनको भनाई छ ।
त्यस्तै, उनले जातीय छुवाछुत र सामाजिक विभेदको अन्त्य गर्न ठूलो बजेट विनियोजन गरेर अघि बढ्ने बताए । उनले आम जनताले नगरपालिकालाई हेर्ने दृष्टिकोण राम्रो नभएको र पालिकालाई भ्रष्टाचारमुक्त बनाउने बताउँदै आफूले पनि एक रुपैयाँ कानुन विपरीत नगर्ने र कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि नगर्न आग्रह गरे ।
नगरपालिकालाई पारदर्शी, अनुशासित बनाउने, व्यवस्थित ढंगबाट अघि बढाउन सबै एकजुट हुनलाई उनले आग्रह गरे । त्यस्तै, नवनिर्वाचित उपप्रमुख पद्मा गुरुङले पालिकाको महिला, बालबालिका, गरिबी, अपांगता भएका व्यक्ति लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार