बीरगञ्ज ८ को वडाध्यक्षमा रितेश गुप्ता विजयी
आबिद हुसेन
जेठ ७, २०७९ शनिबार २१:१:४६
७ जेठ, बीरगन्ज । बीरगन्जको वडा नम्वर ८ मा जसपाका उम्मेद्वार रितेश गुप्ता विजयी भएका छन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि जसपा प्रबेस गरेर उम्मेद्वार बनेक गुप्ताले कंग्रेसकै उम्मेद्वारलाई पराजित गर्दै विजयी भएका हुन् ।
विधार्थीकालदेखि नेविसंघको राजनीति गर्दै कांग्रेसको बुथसभापति समेत रहिसकेका गुप्ता कांग्रेसले टिकट नदिएपछि मनोनयनको अघिल्लो दिन मात्रै जसपामा प्रवेश गरेका थिए ।
गुप्ताले वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार राजेन्द्र श्रेष्ठलाइ ६५९ मतको अन्तरले हराउदै वडा अध्यक्षमा जित हात पारेका हुन् । गुप्ताले ११७५ मत पाउदका उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका श्रेष्ठले भने ५१६ मत मात्रै पाए ।
त्यहाँका एमालेका उम्मेद्वार एंव निवर्तमान वडाअध्यक्ष राजकिशोर गुप्ता भने २६१ मतमा मात्रै सिमित हुन पुगेका छन् । वडा नम्बर ८ मा वडाअध्यक्ष सहित पुरै प्यानल जसपाले जितेको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार