बीरञ्जमा राजेशमानको अग्रता कायमै, सरावगीभन्दा दोब्बर मतान्तरले अगाडि
आबिद हुसेन
जेठ ७, २०७९ शनिबार २१:१८:३८
७ जेठ, बीरगन्ज । बीरगञ्ज महानगरपालिकाको मतगणना कार्य अझै जरी छ । ३२ वटा वार्डमध्ये १९ वटा वार्डको परीणाम सार्वजनिक भइसकेको छ । बांकी १३ वटा वार्डको गणना कार्य क्रमैसँग हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिलेसम्म प्राप्त मत परिणाम अनुसार महानगरको मेयरमा जसपाका उम्मेद्वर राजेशमान सिंहले फराकिलो अग्रता कायमै राखेका छन् ।
निवर्तमान मेयरसमेत रहेका एमालेका उम्मेद्वार विजय सरावगीलाई १३२८२ मतको फराकिलो अन्तरले जसपका उम्मेद्वार सिंहले अग्रता बढाइरहेका छन् । ५४५,११० मत गनिसक्दा सिंह २७,५१५ मतका साथ अग्रस्थानमा छन् भने एमालेका उम्मेद्वार सरावगी १४,२३३ मतमै सिमित छन् ।
सिंह कांग्रेससहित पाँच दलिय गठबन्धनका साझा उम्मेद्वार हुन् भने सरावगी एमाले लोसपा गठबन्धनका साझा उम्मेद्वार हुन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले १९ हजार ४९ मत ल्याएका छन्। एमाले लोसपा गठबन्धनबाट उपमेयरका उम्मेदवार लोसपाका पुरुषोतम झाले ४ हजार २५१ मत ल्याएका छन्।
उपमेयरमा आलम झाभन्दा १४ हजार ७९८ मतले अगाडि छन्। यसैगरी, राप्रपाबाट मेयरका उम्मेदवार गिरिश गिरीले १ हजर ८० मत प्राप्त गरेका छन् । उपमेयरमा बिना जैसवालले ३ हजार २ सय ५४ मत प्राप्त गरेकी छन् । उपमेयरमा स्वतन्त्र उमेदवार रम्भा मिश्राले २ हजार ४ सय ८५ मत ल्याएकी छन्।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार