गण्डकीमा दोहोर्याएर उम्मेद्वारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी
नेपालबहस संवाददाता
जेठ ७, २०७९ शनिबार २२:४:५२
७ जेठ, पोखरा । गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेको पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् ।
१२ जना भने विजयी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो पटक विजयी भएकी छिन् ।
यस्तै, सिरान्चोक गाउँपालिका उपाध्यक्षमा रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली पनि पुनः विजयी भएकी छिन् । तर, गोरखाकै धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ पराजित भइन् । यता, तनहुँको बन्दिपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ पनि पराजित भएकी छिन् ।
ऋषिङकी उपाध्यक्ष गीनुमाया थापा, म्याग्देका बालकृष्ण घिमिरे र भीमादका उपमेयर सारदा खनाल भने विजयी भइन् । कास्कीको रुपा गाउँपालिकामा उपाध्यक्ष लालसुब्बा गुरुङ पुनः निर्वाचित भएकी छिन् भने पोखरा महानगरमा दोहोर्याउन खोजेकी मन्जुदेवी गुरुङको गणना सकिएको छैन ।
स्याङजामा कालिगण्डकीको उपाध्यक्ष सावित्रा कोइराला दोश्रो पटक निर्वाचित हुँदा पुतलीबजारका महेश पुरी र गल्याङकी देवीसरा थापा पराजीत भइन् । दोहोर्याएर मनोनयन दर्ता गरेकी नवलपुरकी एकमात्र उपमेयर देवचुली नगरपालिकामा दोश्रो पटक पनि विजयी भएकी छिन् ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ढिकी गुरुङ पुनः निर्वाचित भएकी छिन् । बागलुङ ढोरपाटनकी उपमेयर करमती पुन र पर्वतको फलेबास नगरपालिका उपमेयर मन्जु अधिकारी पराजित भएका छन् । यस्तै, उपाध्यक्षबाट अध्यक्षमा बढुवा हुन खोजेका दुईजना पनि पराजित भए ।
कांग्रेसबाट मुस्ताङको थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचन र एमालेबाट स्याङजाको अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङ अध्यक्षमा पराजित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार