कोभिड खोप सहयोग गर्ने अमेरिकी प्रस्तावलाई उत्तर कोरियाले वास्तै गरेन
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार १४:१९:४
८ जेठ, एजेन्सी । कोभिड खोप सहयोग गर्ने अमेरिकी प्रस्तावलाई उत्तर कोरियाले कुनै जबाफ दिएको छैन् । महामारीको सामना गरिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावलाई उत्तर कोरियाले अस्वीकार गरेको हो ।
उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’ का कारण अहिलेसम्म २५ लाख मानिस बिरामी परेका छन् ।
ज्वरोको संक्रमणपछि देशभर लकडाउन घोषणा गरिएको छ । आंशिक रुपमा परीक्षण वा खोपको आपूर्ति गरिएकाले उत्तरमा कोभिडको निकै जोखिम बढेको हुनसक्ने अनुमान गरिएको छ ।
दक्षिण कोरियाको भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले राजधानी सिउलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले उत्तर कोरियालाई मात्र होइन चीनलाई पनि खोप प्रस्ताव गरेका छौँ । उत्तरको प्रकोप नियन्त्रण गर्न तत्काल खोप प्रदान गर्न तयार छौँ । तर, हामीले कुनै जबाफ नै पाएनौँ । ’
विश्व समुदायबाट नै करिब एक्लो बनेको उत्तर कोरियाले यसअघि कोभ्यासलाई अस्वीकार गरेको थियो । त्यस्तै, दक्षिण कोरियाको खोप प्रस्तावलाई पनि उसले अस्वीकार गरेको थियो ।
यसको सट्टा उसले आफ्नो सिमानाहरू सिल गरेर कोभिडलाई सफलतापूर्वक नियन्त्रण गरेको दाबी ग¥यो । यद्यपि, त्यहाँ लामो समयदेखि कोभिड प्रकोप रहेको विज्ञहरूको भनाइ छ ।
कोभिड बढेपछि हर्ब चिया, अदुवा पानीजस्ता घरेलु उपाय अप्नाएको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार