नविल बैंक वालिङ शाखाद्वारा राहत रकम प्रदान
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार १८:९:४७
जेठ, स्याङ्जा । नविल बैंक लिमिटेड वालिङ शाखा कार्यालयले सेवाग्राहीलाई राहत रकम प्रदान गरेको छ । घातक रोग लागेमा तथा मृत्यु भएमा सेवाग्राहीलाई राहत स्वरुप उपलब्ध गराउने रकम स्याङ्जाको एक परिवारलाई प्रदान गरेको हो ।
चापाकोट नगरपालिका ३ दिसिङ्कोटकी कृष्ण कुमारी सारुका श्रीमान श्यामबहादुर थापालाई उक्त रकम प्रदान गरिएको छ । सारुको उपचार खर्च ३ लाख रुपैयाँ र क्रिया खर्च वापत ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको बैंकका शाखा प्रमुख विशाल बरालले जानकारी दिए ।
बैंकले घातक रोग लागेमा उपचार खर्च ३ लाख र मृत्यु भएमा क्रियाखर्च वापत ७५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
बैंकले दिएको जानकारी अनुसार १६ वर्षदेखि ६५ वर्षउमेरका सेवाग्राहीले खातामा न्यूनतम ३५ हजार जम्मा गरेमा राहत स्वरुप रकम पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार