सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार १८:१७:४९
८ जेठ ,वालिङ । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पाङ्ग्रे सवारी साधन र पर्वतको पैयँु गाउँपालिकाको चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो ।
आज पनि सार्वजनिक बिदा भएकाले अनुमति विना सरकारी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उनले बताएका छन् । शनिबार नियन्त्रणमा लिइएका सरकारी सवारी साधन आज सार्वजनिक बिदा भएकाले सोमबार मात्रै आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गरिने उनले जानकारी दिएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भई यही जेठ १ गतेदेखि लागू भइसकेकाले सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार