पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार २१:५६:२४
८ जेठ, गलकोट । पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् । शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ ।
ऐँसेलु र पलम खाएका बालबालिकामा झाडापखला, वान्ता लगायतका समस्या देखिएर गम्भीर बनेपछि चारैको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । ऐँसेलु र पलम खाँदा बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, तीन वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको उपचार भइरहेको छ, भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।
उनीहरुले खाएको पलम र ऐँसेलुले विषाक्त बनाएका कारण बिरामी परेका र उनीहरुको अवस्थामा अहिले सामान्य सुधार भइरहेकोे धौलागिरि अस्पतालका बालरोग विशेषज्ञ डा. कृति कँडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार