कम्युनिष्ट पकड मानिएको गण्डकी प्रदेशमा कांग्रेस र एमालेलाई बराबरी सिट
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार २२:२३:५६
८ जेठ, काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा समान ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् । प्रदेश १, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो बन्दा गण्डकीमा भने पहिलो हुनबाट कांग्रेसलाई एमालेलाई रोकेको हो ।
११ जिल्ला रहेको गण्डकीको गोरखामा एमाले ‘क्लिन स्विप’ हुँदा पनि कांग्रेसलाई बराबरीमा एमालेले रोक्न सकेको हो । उसो त यो प्रदेशमै घर भएका रामचन्द्र पौडेल कांग्रेस वरिष्ठ नेता र धनराज गुरुङ उपसभापति छन् । अन्य प्रभावशाली नेताहरू पनि थुप्रै छन् ।
पौडेल गठबन्धन दलहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल तथा अनुगमन गर्न गठित संयन्त्रका संयोजक हुन् । गुरुङ पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ संयोजक हुन् । दुवै नेताले निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी पाए । तर, यी महत्वपूर्ण नेता पनि रहेका गण्डकीमा कांग्रेससँग एमाले बराबरी हैसियतमा आएको हो ।
निर्वाचन आयोगले जनाएअनुसार कांग्रेसले गोरखामा २, मनाङमा २, लम्जुङमा ४, कास्कीमा २, तनहुँमा ४, स्याङ्जामा ५, नवलपरासी बर्दघाट पूर्वमा २, मुस्ताङमा १, म्याग्दीमा २, बाग्लुङमा सर्वाधिक ६ र पर्वतमा ५ स्थानीय तहमा कांग्रेस उम्मेवदारहरू निर्वाचित भएका हुन् ।
एमालेले सर्वाधिक मनाङको २, लम्जुङको ४, कास्कीको २, तनहुँको ४,स्याङ्जाको ६, नवलपरासी बर्दघाटको ६, मुस्ताङको ४, म्याग्दीको ४, बाग्लुङको १ र पर्वतको २ स्थानीय तह एमालेले जितेको हो ।
माओवादीले भने गोरखामा ९, तनहुँमा १ र बाग्लुङमा १ गरी स्थानीय तह जितेको आयोगले जनाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने कास्कीको पोखरा महानगरपालिकामा जित्ने देखिएको छ । तर, जनता समाजवादी पार्टी (जसपा) भने यो प्रदेशमा शून्य भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार