पोखराको जारी मतगणनामा प्रमुखमा गठबन्धनको अग्रता
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १५:४१:१६
९ जेठ, गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा ‘एमाले’का उम्मेदवारले अग्रता लिएका छन् ।
हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा ‘एमाले’का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरे ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छिन्।
महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार