बीरगञ्ज महानगरको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाजको जीत निश्चित
आबिद हुसेन
जेठ ९, २०७९ सोमबार १७:२:१०
९ जेठ, बीरगञ्ज । गणना हुन बाँकी मतभन्दा बढी मतान्तरले अगाडी रहेपछि बीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी ‘जसपा’का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको जीत सुनिश्चित भएको छ ।
गणना हुन बाँकी सबै मत निकटतम प्रतिष्पर्धीले प्राप्त गरेपनि सिंह र आलमले प्राप्त गरेको मतभन्दा कम हुने भएकाले दुबैको जीत सुनिश्चित भएको हो । बीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ९४ हजार ३ सय २४ मत खसेको थियो । ८० हजार ७६८ मतगणना भइसकेको भने अब १३ हजार ५५६ मतगणना हुन बाँकी छ ।
जसपाका मेयर उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा १९ हजार ४५६ मत अन्तरले अगाडि छन् । गणना हुन बाँकी १३ हजार ५५६ सबै मत सरावगीले पाएपनि सिंहलाई जित्न सक्दैनन् । तर हरेक जसो वडामा सिंहकै अग्रता रहेकाले अझै मतान्तर बढ्न सक्ने देखिन्छ ।
सिंहले ३९ हजार ६६१ र सरावगीले २० हजार २०५ मत ल्याएका छन् । राजेशमान, ०७४ सालमा निवर्तमान नगर प्रमुख एवं हाल एमालेका तर्फबाट मेयर उम्मेदवार सरावगीसँग पराजित भएका थिए ।
तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका सरावगीले १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा थिए । यसपटक सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेशमानले शुरुदेखि नै अग्रता कायम राखेका छन् । मेयर पदका अर्का प्रत्यासी राप्रपाका गिरीश गिरीले २ हजार ९४६ मत पाएका छन् ।
इम्तियाजको पनि जीत सुनिश्चित
यस्तै उपमेयरमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहेका छन् । मतान्तर हेर्दा आलमको प्रतिष्पर्धी निकै पछाडि देखिन्छन् । उनले निकटतम प्रत्यासी एमाले र लोसपा गठबन्धनका उम्मेद्वार लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले भन्दा झण्डै ४ गुणा बढी मत ल्याएका छन् ।
इम्तियाजले २५ हजार ५९ मत पाउँदा झाले हालसम्म ६ हजार ६५० मत मात्रै पाएका छन् । उनीहरुबीच १८ हजार ४०९ को मतान्तर देखिएको छ । उपमेयरमा पनि इम्तियाजको जीत निश्चित भएको छ । हालसम्म मेयर पदमा १७ हजार ७६९ र उपमेयरमा ३७ हजार ३७१ मत बदर भएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार