जनतालाई गाउँमै बसुँबसुँ बनाउन राजनीति सुरु गरेको ;वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १९:३:३०
९ जेठ , दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई गाउँमै बसुँबसुँ बनाउनका लागि आफूले राजनीति सुरु गरेको बताएका छन् । स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेपछि आज आयोजित विजयसभालाई सम्बोधन गर्दै उनले जनताको विश्वासलाई साकार गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।
जनताको विश्वासमाथि तुषारापात हुन दिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले शासक नभई जनताको सेवक बनेर काम गर्न आग्रह गरेका छन् । उनले ठोस विकासका लागि काम गर्न आग्रह गर्दै भने, “नगरको विकासमा धेरै काम गर्न बाँकी छ, विकासको कामलाई मूर्त रुप दिन बाँकी छ ।” जनतालाई गाउँमै बसुँबसुँ बनाउनका लागि आफूले राजनीति सुरु गरेको भन्दै पौडेलले उक्त अभियान सफल भएरै छाड्ने बताएका छन् ।
राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र विकासलाई गति दिएर नेपाललाई सफल बनाउने अभियान कांग्रेसको मूल ध्येय रहेको उनको भनाइ थियो । देशको विकास र स्थायित्वका लागि गठबन्धन गरिएको चर्चा गर्दै उनले आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिइने बताए । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले घोषणापत्रअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे । व्यासका नवनिर्वाचित प्रमुख वैकुण्ठ न्यौपानेले जनताको भावनाअनुसार काम गर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार